Sorry, that menu does not exist.
 

प्रबउ जोशी महानगरिय परिसर काठमाडौ सरुवा, धौलागिरीमा प्रबउ गुरुङ आउदै !

बागलुङ २०७३ माघ १३ । नेपाल सरकारका उप प्रधान एवं गृहमन्त्रीस्तरको माघ १२ गते भएको निर्णय अनुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ ।

गृह मन्त्री बिमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालवीचको विवादले एसएसपीहरुको सरुवा केहि समय देखी थाती रहेको सन्चार माध्यमहरुमा समाचार प्रकाशित भएका थिए ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाव्दारा जारी गरिएको सूचना अनुसार ३९ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ ।

यस पजनीमा धौलागिरी अन्चल प्रहरी कार्यालयका प्रबउ छविलाल जोशीलाई महानगरिय प्रहरी परिसर काठमाडौ स्थानान्तरित गरिएको छ भने प्रहरी प्रधान कार्यालय, सुरक्षा सेवा निर्देशनालयका प्रबउ (एसएसपी) बिक्रम गुरुङलाई धौलागिरी अन्चल प्रहरी कार्यालय बागलुङमा सरुवा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply