दलित आन्दोलन सेलाउँदै गएकाले गम्भिर हुन दलितहरुलाई परियारको आग्रह !

अनुगमनमा समावेश नगराएकोमा स्थानीय दलित प्रतिनिधी असन्तुष्ट !

हरि शर्मा बागलुङ २०७३ माघ १३ । राष्ट्रिय दलित आयोगका सदस्य सचिव सीताराम घलेपरियारले संवैधानिक आयोगमा दलित अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन ।

नेपाल दलित संघ बागलुङले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले दलित आन्दोलनका विषयमा एकाकार भए दलित लक्षित कार्यक्रम जस्तै नागरिकता,जिल्ला शिक्षा कार्यालयबाट दिइने सुविद्या,छात्रबृत्ति,दलित विशेष आरक्षणको व्यवस्था गरिएको बताए । संविधान बन्ने बेलामा दलितका हक अधिकार सुनिश्चित हुनुपर्छ भनी आवाज उठाउने तर व्यवहारमा अझै दलित—दलितबीच हुने गरेको विभेद अन्त्य हुन नसकेको चर्चा गर्दै परियारले दलित आन्दोलन सेलाउँदै गएकाले यस्को विषयमा गम्भिर समिक्षा हुनुपर्ने बताए ।

त्यस्तै उनले संविधानको प्रस्तावनामा नै सवै किसिमका विभेद अन्त्य गर्ने भनेर विभिन्न धाराहरुमा दलितका विषयमा कुरा उल्लेख गरिएता पनि समाजमा दलित—दलित बीच जातीय विभेद अन्त्य हुन नसकेको बताए ।

त्यस्तै राष्ट्रिय दलित आयोगका पूर्व सदस्य गोविन्द नेपालीले मौलिक अधिकारहरुमा नै दलित आन्दोलनका हक अधिकारका विषयमा पहिचान गर्नुपर्ने स संविधानमा भएका दलित अधिकारहरु कसरी प्राप्त गर्ने भन्ने तर्फ सवै क्रियाशील हुनुपर्ने बताए । त्यस्तै उनले आफु विरामी छु पनी भन्ने तर बिमार के हो र अस्पताल किन जाने भन्नु पागलपन भएकाले साँच्चीकै अत्याचार भएको भए राज्यसँग दलित अधिकारको लागि न्यायिक उपचार खोज्नुपर्ने बताए ।

सो अवसरमा संवैधानिक दलित आयोगमा भएका दलित अधिकारका विषयमा भएका नीति,कार्यक्रम,अनुगमनमा दलितहरुको सहभागिता, जातीय विभेद,दलित महिलाहरुबीच हुने गरेको विभेद,अन्तरजातीय विवाह,बलात्कारका मुद्दा लगायतका विषयमा उपस्थित दलित प्रतिनिधीहरुले जिज्ञासाहरु राखेका थिए ।

नेपाल राष्ट्रिय दलित संघका सदस्य सचिव सहितको टोलीले जिल्लामा दलितहरुको अवस्था, तिनिहरुले पाउने सेवा सुविधा, आरक्ष पाएका छन कि छैनन्,सरकारी कार्यालयहरुबाट दलितहरुले पाउने सेवासुविधा पाउन सकेका छन कि छैनन् भन्ने विषयमा विभिन्न सरकारी कार्यालयका प्रमुखहरुसँग छलफल तथा अनुगमन समेत गरेको थियो ।

अनुगमनका क्रममा जिल्लामा रहेका दलित प्रतिनिधिहरुलाइ सहभागी नगराइएकोमा उनिहरुले गुनासो गरेका थिए ।

जिल्लामा गरिएको अनुगमनका क्रममा भएका दलित—दलितबीचको विभेद,अन्र्तजातीय विवाह, दलित महिलाहरुबीच हुने विभेदको अन्त्य गर्न सवै दलित अधिकारकर्मी एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको औल्याइएको थियो ।

त्यस्तै सहभागी दलित प्रतिनिधी व्यक्तिहरुले सदस्य सचिवले आफ्नै कार्यकालमा जिल्लामा दलितहरुका क्षेत्रका ठोस कार्यक्रम तथा बजेट ल्याउन समेत माग गरेका थिए । दलित वर्ग उत्थान समन्वयन समिति एवं दलित संघका उपाध्यक्ष रविलाल विश्वकर्माको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित समाज कल्याण संघका सचिव सिताराम रसाइलीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *