ताराखोलामा तीन दिने नि:शुल्क आधारभूत पत्रकारिता तालीम सुरु

गल्कोट २०७४ असोज २३ । प्रेस सेन्टर नेपाल ताराखोला गाउँपालिकामा आज देखि ३ दिने नि:शुल्क आधारभूत पत्रकारिता तथा उद्घोषण तालिमको सुरु भएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका सचिव तथा प्रेस सेन्टर बागलुङका अध्यक्ष राम थापा अविरलले ग्रामीण क्षेत्रमा संचारको पहुँच अभिवृद्धीका लागि ताराखोला जस्तो क्षेत्रमा पत्रकारिता तथा उद्घोषण तालीम राख्नु सराहनीय रहेको बताए ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका प्रमुख राजनीतिक सल्लाहकार नरेश केसीले ताराखोलामा संचारको बिकासको लागि संचारकर्मी एवम् पत्रकार क्रियाशीलता रहेको बताउदै यो क्षेत्रबाट संचारको क्षेत्रमा राम्रो प्रगति भएको कुरा बताए । कार्यक्रममा प्रेस सेन्टर बागलुङका उपाध्यक्ष कृष्ण कडेल, त्यस्तै प्रेस सेन्टर बागलुङका सचिव खगेन्द्र बिक , गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेल, प्रेस सेन्टर गलकोट नगरपालिका संयोजक थम्मन थापा सन्देश ,ताराखोला गाउँपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष डिलबहादुर बस्नेत र हरि माध्यमिक बिद्यालय शिक्षक अभिभावक खडक बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम प्रेस सेन्टर ताराखोला गाउँपालिका संयोजक पूर्णभद्र निउरेको अध्यक्षता उपाध्यक्ष सुमित्रा सुनारको स्वागत मन्तव्य र सचिव शान्त खत्री मौसमको संचालनमा सप्पन्न भएको थियो । तालिममा ४० जना प्रशिक्षार्थी सहभागी रहेको थियो ।

तालीमको सहजीकरण राससका बरिष्ठ सहायक समाचारदाता तथा नेपाल पत्रकार महासंघ बाग्लुङका सचिव राम थापा अविरल र थापा संचार नेट्वोर्कका बागलुङ सम्बादाता कृष्ण कंडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.