साताको तस्वीर: धौलागिरी हिमाल !

धौलागिरी (धवलागिरी) दुई शव्दबाट बनेको नाम हो । ‘धवल’ माने सेतो (सफा) र ‘गिरी’ माने पहाड (चुचुरो) अर्थात सेतो पहाड, यस्को शाव्दिक अर्थ हो । स्थानीय बुढापाकाहरुले यसलाई ‘धौलासिरी’ भनेर पुकार्ने गरेको पनि पाईन्छ । २६ हजार ७ सय ९५ फिट अग्लो धौलागिरी हिमाल म्याग्दी जिल्लमा पर्दछ ।

सदरमुकाम बागलुङ बजारको प्राय: सबै भागबाट छर्लंग देखिने धौलागिरी हिमालको मनोरम दृश्यले बागलुङ बजारको सुन्दरतामा चार चाँद लगाएकोछ, मानौ बागलुङ बजारलाई काखमा राखेर धौलागिरी हिमाल उभिएको छ । बागलुङ बजारबाट खिचिएको यसै साताको तस्वीर हो यो ।
तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.