आयोजक साहारा क्लब फाईनलमा प्रवेश !

कविता घर्तीमगर, पोखरा २०७३ माघ १२ । पोखरामा रंगशालामा जारी १५औं आहा रारा गोल्डकपमा आयोजक साहारा क्लब फाईनलमा प्रवेश गरेको छ ।

अाज भएको पहिलो सेमीफाईनल खेलमा नेपाल आर्मी क्लबलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले हराउदै साहाराले फाईनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि खेल अतिरिक्तमा पुगेको थियो । त्यसमा पनि दुबै पक्षबाट गोल हुन नसकेपछि खेलको हारजित ट्राइब्रेकरबाट टुंगो लागेको हो । ट्राइब्रेकरमा साहाराको तर्फबाट उत्तम गुरुङ्ग, प्रदिप गुरुङ्ग, शिव सुवेदी र सुशन गुरुङ्गले गोल गरे भने आर्मीको तर्फबाट जीतेन्द्र कार्की, सन्तोष तामाङ्ग र दिप कुमार लामाले गोल गरेका थिए ।

अाजको खेलमा साहाराका गोलकिप्पर सुजित गुरुङ्ग म्यान अफ द म्याच भए । भाेली दोश्रो सेमिफाईनल अन्र्तगत लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङ्गदी क्लब र सि.एम.जी क्लब संकटा बिच खेल हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.