सर्वसिद्धिधाम पञ्चकोटमा महायज्ञको तेश्रो श्रृङ्खला फागुन ९ देखी १७ गते सम्म !

श्रद्धालुहरुबाट संकलित रकम गुरु योजना नबनाई मनखुशीले खर्च नगर्न आग्रह !

कोपिला कंडेल, बागलुङ २०७३ माघ १२ । बागलुङ नगरपालिका- ८ सिम स्थित सर्वसिद्धिधाम पंञ्चकोटमा आगामी फागुन ९ गतेदेखी तेश्रो बिराट ज्ञान महायज्ञ गरिने भएको छ ।

पञ्चकोट बिराट महायज्ञ मुल आयोजक समितिले बुधवार बागलुङ बजारमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यसको जानकारी दिएको हो । महायज्ञ फागुन १७ गते सम्म जारी रहने जानकारी दिँदै भेटघाटमा तेश्रो महायज्ञको आम्दानीले १ सय ८ फिट अग्लो कलश निर्माण गरिने बताईएको छ ।

जिल्लालाई धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्नका लागि सर्वशिद्धिधाममा अनन्त श्री बिभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी श्री कमलनयनाचार्यको अगुवाईमा सो क्षेत्रलाई पबित्र तिर्थस्थलको रुपमा बिकास गर्ने उदेश्यले बिभिन्न योजना अगाडी सारिएको पत्रकार भेटघाटमा महायज्ञ मुल आयोजक समितिका सहअध्यक्ष नगेन्द्र प्रसाद शर्माले बताए ।

सो क्षेत्रलाई मुलुककै पर्यटकीय तिर्थस्थल निर्माण गर्ने उद्देश्यले आयोजित दुई महायज्ञबाट संकलित रु १२ करोड रकम मध्यबाट बिभिन्न पुर्वाधार निर्माणका लागि हाल सम्म रु. ९ करोड खर्च भैसकेको प्रतिनिधी अध्यक्ष शर्माल जानकारी दिदै १ सय ८ किलोको कलश सहित सो क्षेत्रमा ५ हजार ५ सय ५५ किलोको महाघण्टी, १ सय ८ गाई पालनका लागि गौशाला निर्माण लगायतका बिभिन्न योजना निर्माणका लागि काम शुरु गरिएको बताए ।

वर्षै पिच्छे एकै स्थानमा महायज्ञ आयोजना गरिरहँदा महायज्ञको गरिमामा समेत असर पर्नसक्ने बास्तविकता र स्थानीय र आसपासका श्रद्धालुहरुलाई पर्न सक्ने मार प्रति आयोजकहरु संवेदनशील बन्नुपर्ने देखिन्छ । धर्मको नाममा वर्षै पिच्छ महायज्ञ गरी रकम संकलन गर्नु, विना कार्य योजना रकम खर्चगर्नु कति सान्दर्भिक हुन्छ ? सरोकारवालाहरुले सोँच्नु जरुरी छ ।

हाल सम्म पञ्चकोटमा ३० किलो मिटर मोटर बाटो, १ लाख लिटरको पानी ट्यांकी निर्माण, सो क्षेत्रको संरक्षणका लागि तार जाली, अतिथि आवासका लागि चारतले भवन निर्माण, गरुडशीला, गस्थानणेश मन्दिर, पदमार्ग निर्माण लगायतका कार्य सम्पन्न भैसकेको मुल समारोह समितिका महासचिव बसन्तकुमार श्रेष्ठले बताएका थिए ।

पत्रकार भेटघाटका क्रममा आयोजक कसैले १ सय ८ फिट अग्लो कलश त कसैले १ सय ८ किलोको कलश त कसैले १ सय ८ कलश भनेको सुनिएको थियो । विना गुरु योजना मनखुसीले निर्माण कार्य गरिदा यस्तो फरक फरक .व्यक्तिका मुखारविन्दुबाट फरक फरक कुरा आउने गरेको धेरैले अनुमान गरे ।

गुरु योजना विना नै निर्माण कार्यहरु भैरहेकोमा स्थानीयहरुपनि असमन्जसमा परेका छन् । बागलुङ नगरपालिकाको ८ वडामा अवस्थित सिममा निर्माण भैरहेका संरचनाहरु नगरपालिकाको नियमानुसार नक्शा पास गरिएको छ वा छैन भन्ने पनि स्थानीयवासीले पत्तो नपाएको बताए । स्वामीजीले आँटेको काममा अनावश्यक चासो लिने हाम्रो हैसियत छैन उनिहरु भन्छन् जाँच पास गरेर निर्माण काम भैरहेको होला, नत्र त नगरपालिकाले दुई दुई वर्ष सम्म किन चूप लागेर बस्थ्यो ।

सो अवसरमा स्थानिय बिकास अधिकारी राम प्रसाद आचार्यले योजना सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर कार्यक्रममा स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायत (प्रशासनिक निकाय)को उपस्थिती थिएन ।

कार्यक्रममा महायज्ञको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने लगभग निश्चित भएको पनि बताईएको थियो ।

सर्वप्रथम महायज्ञको आयोजना गर्दाका बखत १०८ कलश र ५५५५ किलोको घण्ट निर्माण गर्ने कुरा थियो, अहिले पन्चकोटमा,गरुडशिला, गरुडशिला माथि गरुडनारायणको मन्दिर, गणेश मन्दिर, दुई तले ‘शिष महल’, सत्सङ्ग भवन, अतिथी भवन आदि आदि … को निर्माण कार्य जारी छ । आम नागरिकले बुझन नसकेको कुरा यहि हो ।

पहिलो महायज्ञको उद्घाटन तत्कालीन प्रधानमन्त्री स्व सुशिल कोईरालाले गरेका थिए भने अन्य पूर्व प्रधानमन्त्री लगायत मन्त्रीहरु, बरिष्ठ व्यक्तित्वको उपस्थिति रहेको थियो । पाहुनाहरुलाई ८ वटा हेलिकप्टरबाट ओसारिएको थियो । यसरी महायज्ञको रकम ठुलाबडालाई ओसार्न हेलिकप्टरमा खर्च गर्न नहुने भनी त्यतिबेला विभिन्न सन्चारमाध्यमहरुमा समाचार प्रकाशित भएको थियो । त्यस्को आयोजकले खण्डन गरेपनि धेरैले त्यसप्रति विश्वास गरेनन् । गाईलाई हेलिकप्टरमा चढाएर ल्याएको घटनाले पनि निकै चर्चा पाएको थियो ।

वर्षै पिच्छे एकै स्थानमा महायज्ञ आयोजना गरिरहँदा महायज्ञको गरिमामा समेत असर पर्नसक्ने बास्तविकता र स्थानीय र आसपासका श्रद्धालुहरुलाई पर्न सक्ने मार प्रति आयोजकहरु संवेदनशील बन्नुपर्ने देखिन्छ । धर्मको नाममा वर्षै पिच्छ महायज्ञ गरी रकम संकलन गर्नु, विना कार्य योजना रकम खर्चगर्नु कति सान्दर्भिक हुन्छ ? सरोकारवालाहरुले सोँच्नु जरुरी छ ।

सर्वप्रथम महायज्ञको आयोजना गर्दाका बखत १०८ कलश र ५५५५ किलोको घण्ट निर्माण गर्ने कुरा थियो, अहिले पन्चकोटमा,गरुडशिला, गरुडशिला माथि गरुडनारायणको मन्दिर, गणेश मन्दिर, दुई तले ‘शिष महल’, सत्सङ्ग भवन, अतिथी भवन आदि आदि … को निर्माण कार्य जारी छ । आम नागरिकले बुझन नसकेको कुरा यहि हो ।

महायज्ञको पहिलो दिन सवाकरोड तिलको लड्डु कालिगण्डकीमा अर्पण गर्ने मुल आयोजक समितिले जनाएको छ । कार्यक्रम महायज्ञ मुल आयोजक समितिका सहअध्यक्ष शर्माको अध्यक्षता, उपाध्यक्ष खेम प्रसाद शर्माको स्वागत मन्तब्य र महासचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.