Sorry, that menu does not exist.
 

उत्तरगंगा उमाविको व्यवस्थापन समिति गठन, नयाँ अध्यक्षमा चुनिए कुँवर !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ ११ । चरम राजनीतिक विवाद्ले गर्दा शैक्षिक तथा भौतिक अबस्था कमजोर बन्दै गएको उत्तरगंगा उच्च माध्यमिक विद्यालय बुर्तिबाङमा सोमबार साँझ तेश्रो पटकको अभिभावक भेलाले चुडाबहादुर कुँवरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

बिद्यालय व्यवस्थापन समितिको नव गठित समितिमा नेपाली काँग्रेस तथा राजमोको वर्चस्व रहेको छ भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र नेकपा माओवादी पक्षधरले आफु पराजित हुने देखेपछि निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन् ।

यस अघि पनि विद्यालय व्यवस्थापन समिति गठन, प्रधानाध्यापक नियुक्ति लगायतका विषयमा विभिन्न राजनितिक दल सर्मथक विच तिब्र विवाद हुँदा झडप समेत हुने गरेको पश्चिम क्षेत्रकै पुरानो उत्तरगंगा उमा विद्यालयमा यस पटक शान्तिपुर्ण रुपमा समिति बनेको हो ।

समितिको ४ जना सदस्य अभिभावक भेलाबाट चयन गर्नु पर्नेमा १७ जनाको उम्मेद्वारी परेको थियो । दुई महिला सदस्यका लागि ५ पाँच जनाको उम्मेद्वारी परेपनि गौमती कुमाल र तारा आचार्यको नाममा सहमती गरेर नेत्र कुमारी खनाल, रुन्जती पाण्डे र गीता कुमालले उम्मेद्वारी फिर्ता लिएपछि सर्बसम्मत भएको थियो ।

दुई खुल्ला सदस्यका लागि १२ जनाको उम्मेद्वारी दिएकोमा अन्तिम समयमा आएर ७ जनाले आँफै फिर्ता लिएपछि चुनावी मैदानमा ज्ञानप्रसाद कँडेल, उद्धवीर घर्ती, नरबहादुर कँवर, बालसम कुँवर र दिलबहादुर कुँवर थिए । सर्बसम्मतको प्रयास गर्दा गर्दै साँझ साढे ६ भईसकेको थियो ।

अबेरसम्म पनि सहमती नभएपछि उद्धवीर र दिलबहादुरले सर्बसम्मत नभए फेरी अर्को दिन अभिभावक भेला गरि नयाँ प्रक्रिया सुरु गरेर सबै अभिभावकको उपस्थितीमा समिति गठन गर्नुपर्ने अडान राखेका थिए ।

स्रोतव्यक्ति बेदबहादुर बुढा, भेलाको अध्यक्षता गरेका प्रधानाध्यापक धनबहादुर कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर खत्री लगायतले यस अघि पनि दुई ओटा भेला भईसकेको र यो तेस्रो भेलामा उपस्थित भएका अभिभावकबाट मतदान गरेरै भएपनि निकास निकाल्नुपर्ने बाध्यता रहेको भन्दै निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट पक्षले बहिष्कार गरेको हो ।

खुल्ला २ सदस्यका लागि उद्धवीर घर्ती र नरबहादुर कुँवर मात्र चुनावी मैदानमा रहे । असन्तुष्ट पक्षको बहिष्कार विच भएको निर्वाचनमा ३९ मत खसेकोमा ३३ मत ल्याएर नरबहादुर र २८ मत ल्याएर उद्धवीर विजयी भएका थिए । चुनावी मैदान छोडेका ज्ञानप्रसाद कँडेलले ६, दिलबहादुर कुमाल र बालसम कुँवरले १।१ मत प्राप्त गरेका थिए ।

यसरी प्राप्त नजिता अनुसार चयन भएका चार जना सदस्य र प्रधानाध्यापक सहितको ५ जनाको समितिले चुडाबहादुर कुँवर र २ महिला सदस्यमा सर्बसम्मत गर्ने क्रममा उम्मेद्वारी फिर्ता गरेका नेत्र कुमारी खनाललाई मनोनयन गरिएको थियो । सात जनाको समितिबाट चुडाबहादुर कुँवरलाई अध्यक्ष बनाईयो ।

उता निर्वाचनको मैदान छोडेर बाहिरिएका तिनै जनाले नियम विपरित एकलौटी गरेका कारण परिणाम नस्विकार्ने बताएका छन् । उनिहरुले आफुहरु सहभागी नभएर बहिष्कार गरेको र रातारात एकलौटी समिति गठन गरेको आरोप लगाउदै नियम विपरित भएको गठन प्रक्रिया विरुद्ध कानुनी उपचार खोज्ने बताए ।

तर श्रोतव्यक्ति बुढाले कार्यविधि अनुसार पहिलो भेलामा कुल अभिभावकको ५१ प्रतिशत उपस्थित हुनपर्ने, दास्रोमा ३३ प्रतिशत र तेस्रो भेलामा जति उपस्थित हुन्छन् त्यसको बहुमतले समिति सदस्य चयन गर्न सक्ने प्रावधान अनुसार विधि सम्मत रुपमा समिति गठन गरिएको बताएका छन् । यस अघि असोजमा दुईओटा भेला भईसकेकाले अहिलेको भेला तेस्रो भएको उनको भनाई थियो ।

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले बिवाद भएको अबस्थामा श्रोत व्यक्तिले चुनाब गराउन नमिल्ने बताए ।

स्रोतव्यक्ति बुढाले भने विद्यालय निरीक्षक भरतकाजी अर्यालको कार्यव्यस्तताले गर्दा आफ्नो संयोजकत्वमा विव्यस गठन सहयोग समिति गठन गरेर आफु नै मतदान अधिकृत रहने गरि काम गर्नुपर्ने बाध्यता रहेको बताएका थिए ।

अभिभावक भेला प्रअ धनबहादुर कुँवरको अध्यक्षतामा भएको थियो । स्रोतव्यक्ति बुढा, प्रअ कुँवर र शिक्षक अभिभावक संघ अध्यक्ष धनबहादुर कुँवरले मन्तव्य व्यक्त गरेका थिए ।
आफ्नो पक्षको असहमती विच निर्वाचन प्रक्रिया अघि बढार्ईपछि पुर्वअध्यक्ष अर्यालले आक्रोशित हुँदै ‘म पुर्वअध्यक्ष होईन ? ईश्वरीप्रसाद पौडेल पुर्वप्रअ होईनन् ? हामीलाई पनि स्पष्टिकरण दिन मौका दिनुपर्थेन ? तिमीहरु एकलौटी ढंगले आफुहरु मात्रै बोल्ने ?’ भन्दै आपत्ति जनाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply