लुभेन बेल्जियम, २०७३ माघ १२ । बागलुङ जिल्लामा जन्मिएर हाल बेल्जियममा बसोवास गर्ने बागलुङेहरुव्दारा सन २००९ मा स्थापित बागलुङ समाज बेल्जियमको दोश्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष गंगा साद शर्माको सभापतित्वमा यहि जनवरी २२ का दिन बसेको समितिको बैठकले बागलुङ जिल्लामा स्वास्थ्य सम्बन्धी मानवीय परोपकारी कार्यक्रम सँचालन गर्ने उद्देश्यले “ बागलुङ समाज बेल्जियम स्वास्थ्य कोष” स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकले अक्षयकोषबाट आउने व्याज रकमबाट बागलुङ जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेगरी स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सँचालन गर्ने निर्णय गरेको जानकारी दिँदै सदस्य दीपेन्द्र केसीले सो कोष स्थापनाका लागि पहल शुरु भैसकेको जानकारी दिएका छन् ।
बागलुङका स्थानीय सँघसंस्था र स्वास्थ्य तथा अन्य निकायहरुको सहकार्यमा प्राथमिकताका आधारमा कार्यक्रम सँचालन हुनेछ । कोषको विस्तृत विधि र प्रक्रिया चाँडैनै सार्वजनिक गरिने भएको पनि सदस्य केसीले बताए ।
स्मरणीय छ, समाजको दोश्रो अधिवेशनले शर्माको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको थियो । समितिको उपाध्यक्ष त्रयमा क्रमशस् महेन्द्र पन्त, धर्म पाठक र संजय राजभण्डारी, महासचिवमा परमानन्द सापकोटा, सचिवमा निरज शर्मा, कोषाध्यक्षमा दुर्गा सापकोटा र सदस्यहरुमा नीलकण्ठ आचार्य, जयराम शर्मा, दीप कुँवर, दीपेन्द्र के।सी।, याम खडका, भूपेन्द्र सापकोटा, गौरी सापकोटा, पुनम शर्मा, जगत कुँवर, सँजय कुँवर, कृष्ण श्रेष्ठ र सुरेश छन्त्याल रहेका छन् ।