बिमल खड्का, बागलुङ भिङगिठे २०७४ असोज १२ । बागलुङ जिल्लाको बडीगाड गाउपालिका – ७ मा रहेको धार्मिक एवम् पर्यटकीय खड्गकोट मन्दिरमा आज कालरात्रिको पूजा सगै लोप उन्मुख मारुनी तथा सोरठी नाँच सहित रात भर जागराम गरिने भएको छ ।
१५ बर्ष पहिले यस्तो खालको नाच्न देखाए काल रात्रिको दिन नाच देखाउदै रातभर जागराम रहि अरुलाई राखी आर्शिवाद दिने चलन रहिआएको थियो तर जनयुद्धमा आफुहरु असुरक्षित भएको भन्दै अहिले सम्म उक्त नाँच ओझेलमा परेको थियो ।
अहिले गाउँपालिकाले लोप उन्मुख नाँचहरुलाई संरक्षण गर्ने उदेश्यले यस बर्षबाट मारुनी नाँच तथा लोपोन्मुख नाँचको संरक्षणमा लागी परेको देखिन्छ ।
राजा दक्ष प्रजापतिकी पुत्री सतीदेवी तथा भगवान शिवकी पत्नी अगि कुण्डमा हामफाली उनको मृत्यु भएपछि भगवान शिवले आफ्नो सतीदेवीको लास बोक्दै हिडेको बेलामा सती देवीको हातबाट खड्ग भिङकोटमा पतन भएको हुनाले खड्ग जयन्ती नाम रहि आएको शास्त्रमा उल्लेख गरिएको छ ।
शक्ति पिठ मध्ये यस खड्गकोट मन्दिरमा धैरै बर्षे पहिले खड्ग र जयन्ती भगवान बसेकाले यहाँ हरेक बिजया दशमीको अबसरमा ९ दिन सम्म चोखो निष्ठा सहित १ जना बहमण र १ जना उमारा पुजारी कोटमा बसी पुजा आजा गर्ने प्रचलन रहिआएको छ ।
महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आज दुर्गा महागौरीको, पूजा अर्चना गरिएको छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
आजैका दिन कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहिआएको छ ।
आजका महाअष्टमीका दिन बागलुङको कालिका भगवती भिङगिठेको खड्गकोट राजकुतको नहरसिहकोट लगायतका मन्दिरमा बलिसहित पूजाअर्चन ागर्नेहरुको बिहानैदेखि भीड लागेको छ ।
भोलि महानवमीका दिन आफुले चाहेको कुरा पुरा हुन्छ भनी बलि चढाउने पचलन छ भोलि बिहानै देखि श्रद्धालुको भीड सगै दिन ५०/६० पाडा तथा बोकाको बालि दिने कार्यक्रम रहेको छ ।