रिजालचोक-सीप शहिद मार्गले काँचुली फेर्दै : अब नेतृहरुले यति दु:ख गर्न नपर्लाकि ?

रिजाल चोक-तारा सीप, शहीद मार्गको स्तरोन्नती सँगै रुट परिवर्तन गर्न सर्वेक्षण सम्पन्न !

खगेन्द्र विश्वकर्मा बागलुङ २०७३ माघ ११ । मध्य पहाडी लोकमार्गको विँहु रिजालचोक देखी अमरभुमीको भुस्कात अर्सल ,सिले अर्गल , तारागाँउ साँगुबोट हुदै तारा करिमेला, करिमेला सीप, सम्मको २५ किलोमीटर लामो शहिद मार्गको स्तरोन्नती गरिने भएको छ । हिँउद र वर्षात दुबै सिजनमा सुरक्षित यात्राको लागि शहीद मार्गको करिब तीन किलो मिटर रुट परिवर्तन गरिने भएको सरोकारवालाहरुले बताएका छन् ।

यस शहीद मार्गको स्तरोन्नतीका निम्ती क्षेत्र विकास कोष तथा संसद विकास कोषबाट गरी रु २७ लाख बजेट विनीयोजन भएपछी हिँउदमा तुसारोले चिप्लिएर र वर्षातमा सडकमा बनेका खाल्डोमा फसेर यात्रुहरुले कष्टकर एवं खतरापूर्ण यात्राबाट मुक्ति पाउने गरी सो शहीद मार्गको रुट परिवर्तन गरी हालको दुरीमा एक किमी छोट्याउने गरी नयाँ रुटको सर्वेक्षण कार्य गरिएको हे ।

शहीद मार्ग अन्तरगत अमरभूमी भुस्कातको देउराली धुरीमा हिउँदको समयमा तुसारो जेम्ने र सवारी साधनहरु चिप्लिएर दुर्घटना हुने, वर्षात र अन्य समयमा मोटरबाटोमा सवारी साधनहरु हिलो खाल्डा खुल्डीमा फस्ने समस्या भएकोले त्यसको विकल्पमा अमरभूमी नौरी सिरान हुदै चिसापानी , रातामाटे हुदै अमरभुमी भुस्कातको भवन तथा भुस्कात गाँउ हुदै ठुलाचौर अर्सलमा जोडिने गरी नयाँ रुटको प्रारम्भिक सर्वे गरिएको शहीद मार्गका अध्यक्ष खडक बहादुर विश्वकर्माले ईबागलुङलाई बताए ।

गत भदौ महिनामा सांसद केशरी घर्तीमगर र एमाले नेतृ मना केसी तीज मनाएर सदरमुकाम फर्कदै गर्दा बीच बाटोमा वर्षातले पारेको खाल्डोमा गाडी फसेपछी दुबै जनाले ढुंगा बोकेर सडकमा परेका खाडल पुरेर (हेर्नुहोस तस्वीर) बडो दुखका साथ गन्तव्यमा पुगेका थिए ।

जीपमा साथै यात्रा गरिहेका अन्य यात्रुहरुले ‘थाहा पाउनु भयो नि नेताहरुले, शहीद मार्गको दुर्दशा !’भनेर जिस्क्याउदा सांसद घर्तिमगरले भनेकी थिईन, ‘यसको लागि मैले पहल गरिराखेकी छु, डिर्लिपले जिम्मा लिएको छ तर काम नगरेको र कामको नाममा बर्षका १ पटक डोजरलगाएर काम गरेजस्तै गरेकोले यस्तो अवस्था आएको हो ।’

उता एमाले नेतृ मना केसीले ‘आफुले यश विसयलाई गम्भीरताका साथ लिने र यो मोटरबाटो सुधारमा पहल गर्न नसकेमा राजनीतिबाटै सन्यास लिने’ बताएकी थिईन् ।

ज्यूज्यान नै हत्केलामा लिएर यात्रा गर्नु पने शहीद मार्गको रुट परिवर्तन र सडकको स्तरोन्नति पछी यस क्षेत्रका जनतालाई ठुलो राहत मिल्ने निश्चित छ ।

आउदो असार , साउन सम्ममा सन्चालन हुने गरी अमरभूमीको नौली सिरान ,चिसापानी, रातमाटे हुदै भुस्कातमा रहेको अमरभुमी गाविस भवन हुदै ठुलाचौर निस्कने गरी नयाँ रुटकोलागी प्रारम्भिक सर्भे शहिद मार्ग समिती तथा समाज सेवी,वुद्धिजिवी तथा राजनीतीकर्मीहरु सहीतको टोलीले माघ ६ गते सर्भे गरेको नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य प्रकाश घर्तीले जानकारी दिए ।

क्षेत्र विकास कोष र संसद विकास कोषको रकम उक्त नयाँ रुट निर्माण भएमा १ किलोमीटर छोटो हुने, हिउँदमा तुसारो जम्ने समस्याबाट मक्त हुने उनीहरुको भनाई छ । आगामी एक महिनामा ईन्जीनियर सहितको टोलीले बाटोको रुट सर्भेक्षण गरि काम अगाडी बढाउने समितिका अध्यक्ष विश्वकर्माले बताए ।

बिहीवार भएको प्रारम्भिक बैकल्पिक बाटोको अनुगमनमा नेकपा माओवादी केन्द्रका नेता प्रकाश घर्ती, भद्र घर्ती , अमरमूमी भुस्कातका गंगा गुरुङ, नर बहादुर विक, खडक बहादुर विक, अर्गल गाविसका अध्यक्ष दिल वहादुर घर्ती, अमरभूमीका रविलाल सापकोटा, भिम रोका लगाएतले उक्त मोटर बाटो खोल्ने प्रारम्भिक स्केच तयार गरेको हुन ।

तस्वीर- गत २०७३ भदौ २२ गते सांसद केशरी घर्तीमगर तथा एमाले नेतृ मना केसी तीज मनाएर अर्गल देखी सदरमुकाम फिर्दै गर्दा शहीद मार्गमा वर्षातले बनाएको खाल्डा-खुल्डी पुर्दै ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.