गोरु काटेर खाने दुई अभियुक्तहरु पुर्पक्षका लागि जेल चलान !

पर्वत २०७३ माघ ११ । गोरु काटेर मासु खाएको आरोपमा पर्वतमा दुई जना अभियुक्त जिल्ला अदालत पर्वतको आदेशले कारागार चलान भएका छन् ।

पर्वत चित्रे गाविस- ५ का रामबहादुर आइते र चित्रे- ९ का मिल्के दर्जीलाई पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले गत पुस १८ गते गोरु काटेर खाएको आरोपमा अभियुक्तहरुलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले उनीहरु दुवै जनालाई मुलुकी ऐनको चौपाया महलको १ नम्बर विपरित कार्य गरेको भन्दै चौपाय महलको ११ नम्बर बमोजिम कार्बाहीको माग दावी गरेकोछ । चौपाया महलको ११ नम्बरमा आरोपितलाई माग बमोजिमको कसुर ठहरेमा १२ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *