ताराखोला गाउपालिका- ५ को भेला सम्पन्न, विभिन्न समितिहर गठन

पूर्ण भद्र निउरे गल्कोट तारा २०७४ असोज ८ । ताराखोला गाउपालिका ५ को वार्ड भेला आज सम्पन्न भएको छ । भेलामा मन्तव्य राख्दै ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीले ताराखोला गाउपालिकाको समग्र पक्षको बिकासका लागि सबै संग हातेमालो गर्दै अघि बढ्ने कुरामा जोड दिए ।

भेलाले ताराखोला गाउपालिका वार्ड न ५ मा कौशिला घर्तीको अध्यक्षतामा १३ सदस्यीय महिला संजाल ,देबिलाल घर्तीको अध्यक्षता ११ सदस्यीय जनजाती संजाल , कुमार रोकाको अध्यक्षता मा ११ सदस्यीय युवा संजाल , कुल बहादुर रोका को अध्यक्षता मा १३सदस्यीय कृषि संजाल , चित्र बहादुर दर्जी को अध्यक्षता मा११सदस्यीय दलित संजाल , खिम बहादुर पुनको अध्यक्षता मा ११ सदस्यीय अपांग संजाल ,राजेन्द्र कडेलको अध्यक्षतामा ९ सदस्यीय बाल संरक्षण समिति, दिपक रोकाको अध्यक्षतामा ९ सदस्यीय बन समन्वय समिति र भुमादेबी कडेलको अध्यक्षतामा व्यापार संगठन समितिको गठन गरेको छ।

त्यसै गरि वडा अध्यक्ष राम बहादुर रोकाको अध्यक्षतामा १५ सदस्यीय टोल सुधार समिती समेत गठन गरेको छ।

भेलामा जिल्ला समन्वय समिति बागलुङका सदस्य फुलमाया पुन, ताराखोला गाउँ पालिकाका उपाध्यक्ष दिल कुमारी पुन रोका, ताराखोला गाउँपालिकाका प्रमुख राजनीतिक सल्लाहकार नरेश के सी , कार्यपालिका सदस्य धन बहादुर बि क ,वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भेला ताराखोला गाउँ पालिका वार्ड न ५ का अध्यक्ष राम बहादुर रोकाको अध्यक्षता र सामाजिक परिचालक भिमा रोकाको संचालन र वडा सदस्य मन बहादुर रोकाको स्वागत मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.