विद्युतीय माध्यमबाट भुक्तानीमा करकट्टी E-TDS प्रशिक्षण सम्पन्न !

हरि शर्मा बागलुङ,२०७३ माघ १० जिल्लास्थित सरकारी कार्यालयहरूका लेखा प्रमुखहरूलाई एक दिने E-TDS (विद्युतीय माध्यमबाट भुक्तानीमा करकट्टी) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

करदाता सेवा कार्यालय, बागलुङको आयोजनामा सञ्चालन भएको कार्यक्रममा बोल्दै प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्माले सम्पूर्ण कार्यालयहरूलाई E-TDS गर्न अनुरोध गर्दै कर्मचारीहरूलाइ आधुनिक प्रविधिको प्रयोग गरी सूचनामैत्री ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा Electronic Tax Deduced at Source -E-TDS_को महत्व र आवश्यकताको बारेमा प्रकाश पार्दै करदाता सेवा कार्यालय, बागलुङका कर अधिकृत तथा कार्यालय प्रमुख सूर्य प्रसाद चापागाईँले भ्(त्म्क् गर्ने प्रकृयाको सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा सहभागीहरूका तर्फबाट उठेका विभिन्न जिज्ञासाहरूको उत्तर दिँदै कर अधिकृत चापागाईँले भ्(त्म्क् सम्बन्धी प्रक्रियाको बारेमा जानकारी गराउन करदाता सेवा कार्यालय, बागलुङ सदैव तयार रहेको बताए ।

त्यस्तै इच्छुक जो सुकैलाई E-TDS सम्बन्धी प्रकृयाको जानकारी गराउन सूचना अधिकारीसमेत रहेका नायब सुब्बा सन्तोष शर्मालाइ फोकल व्यक्तिको रुपमा तोकिएको जानकारी दिईएको थियो ।

बदलिँदो परिवेश अनुसार सूचना प्रविधिको प्रयोग गर्दै कार्यालयका सूचनाहरू सम्प्रेषण गर्न तथा करदाताहरूलाई सहजीकरण गर्न करदाता सेवा कार्यालय, बागलुङ नामक फेशवुक पेज समेत सञ्चालनमा ल्याएको जानकारी दिईएको थियो ।

कार्यक्रममा बोल्दै लेखा समाज बागलुङका अध्यक्ष कृष्ण प्रसाद आचार्यले करदाता सेवा कार्यालय बागलुङले उत्कृष्ट ढङ्गले सेवा प्रवाह गरेको बताए । उनले सम्पूर्ण कार्यालयले E-TDS गर्नुपर्ने आवश्यकता रहेको र सोको लागि सम्पूर्ण लेखा सम्बद्ध कर्मचारीहरू तयार रहेको समेत बताए ।

जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरूका लेखा प्रमुखहरू उपस्थित भएको सो कार्यक्रमको सञ्चालन करदाता सेवा कार्यालय, बागलुङका नायव सुब्बा राजेन्द्र बहादुर परियारले गरेका थिए भने समापन अध्यक्ष सूर्य प्रसाद चापागाईँले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.