पल्र्स अनुगमन तथा वित्तीय व्यवस्थापन तालिम समापन !

सुमन जि.सी, बागलुङ, २०७३ माघ १० । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा बागलुङ बजारमा सञ्चालीत ३ दिने पल्र्स अनुगमन तथा वित्तीय व्यवस्थापन तालिमको आईतावार समापन गरिएको छ ।

धौलागीरी क्षेत्रमा क्रियाशिल बचत तथा ऋणको बारोवार गरिरहेका सहकारी संस्थाहरुमा पल्र्स अनुगमन प्रणालीको प्रयोग मार्फत वित्तीय अनुशासन कायम गरी गुणस्तरीय तथा व्यवसायीक संस्था निर्माण गर्ने उद्देश्यले सञ्चालीत तालिम कार्यक्रमको समापन सत्रमा बोल्दै नेफ्स्कूनका कोषाध्यक्ष एवं तालिम कार्यक्रमका प्रशिक्षक केशवप्रसाद पोखरेलले पल्र्स पद्धतीलाई हिसाव निकाल्ने विधिको रुपमा मात्र प्रयोग नगरी आफ्नो संस्थाको शक्ती, कमजोरी र समस्या पत्ता लगाउने विधिको रुपमा प्रयोग गर्न सहभागिहरुलाई अनुरोध गरेका थिए । संस्था सञ्चालनका लागि वित्तीय व्यवस्थापन कलाको आवश्यक पर्ने भन्दै सही वित्तीय व्यवस्थापन हुन नसकेमा संस्था धरासायी हुने उनको जिकीर थियो ।

सोही अवसरमा वोल्दै नेफस्कुनका सञ्चालक भिमवहादुर गुरुङले नेपालमा दिगो र गुणस्तरीय सहकारी संस्था निर्माणका लागि सहकारी संस्थाहरुको गुणस्तर र प्रतिस्पर्धी क्षमता अभिवृद्धिको अभियानमा नेफ्स्कुन रहेको बताए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कास्कीका कोषाध्यक्ष नारायण आचार्य, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका कोषाध्यक्ष प्रमिला राजभण्डारी, सहभागिहरुको तर्फवाट बोल्दै संकल्प साकोस बागलुङका कोषाध्यक्ष जिवन काउचा, दिदीवहिनी साकोस म्याग्दीका सह–सचिव सुगम श्रेष्ठ र बलेवा एकता साकोस बागलुङका अध्यक्ष दिपेन्द्र खड्काले तालिम उपलब्धीमुल रहेको र सहकारी संस्थालाई वित्तीय अनुशासनमा राख्नका लागि पल्र्स पद्धती अतीआवश्यक रहेको धारण राखेका थिए ।

तालिम समापनकै अवसरमा नेपाल बचत ता ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनको २५ औं वार्षिक साधारण सभावाट कोषाध्यक्ष पदमा निर्वाचीत पोखरले र सञ्चालक सदस्य पदमा निर्वाचीच गुरुङ एवं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कास्कीको १६ औं वार्षिक साधारण सभावाट कोषाध्यमा निर्वाचीत आचार्यलाई संघको तर्फवाट अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले टिका, माला, खादा र सम्मान–पत्रवाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता एवं सचिव ऋषिराम गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा बागलुङ, म्याग्दी र कास्की जिल्लाका ४० जनाको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *