कोरव खत्री, गुल्मी २०७४ असोज ७ । गुल्मीको रिडी-रुद्रवेणी-वामीटक्सार अन्तर्गतको सडकखण्ड शुक्रवार साँझबाट खुलेको छ ।
सत्यवती गाँउपालिका ६ को उर्ली खोलामा अविरल बर्षाले गर्दा दहरेखोलाले झण्डै ३० मिटर सडकखण्ड बगाएर अवरुद्ध बनेको मोटरवाटो शुक्रवार दिनभर डोजर लगाएर बाटो निर्माण गरेपछि साँझबाट सडकखण्ड सुचारु गरिएको सत्यवति गाँउपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।
जिल्लाको अति व्यस्त मानिने सडक खण्ड दुई दिनदेखि अवरुद्ध भएपछि वीच बाटोमै अलपत्र परेका गुल्मी तथा मध्यपहाडी अन्र्तगतको बागलुङका विभिन्न स्थानसम्म पुग्ने सवारी साधनहरु बस,जीप,ट्रक लगायत सयौँ यात्रुहरु मोटरबाटो खुलेपछि शुक्रवार साझँदेखि नै आ–आफ्ना गन्तव्यमा लागेका थिए ।
दहरेखोलाले सडकखण्ड बारम्बार बगाउने हुदा निकै ठूलो क्षेती पु¥याउदै आइरहेकोले अब दहरे खोलाको बैकल्पिक मार्गका बारेमा आफूहरुले सोचिरहेको गाँउपालिका अध्यक्ष ढकालले बताए ।