नेपाली काँग्रेसको सँगठन सुद्धिदिकरण अभियान जारी !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ माघ १० । नेपाली काँग्रेस क्षेत्र नँ ३ को आयोजनामा सोमबार प्रस्तावित निसिखोला गाँउ पालीकाको देबिस्थान बजारमा अगुवा कार्यक्रता भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेसको केन्द्रिय निर्दशन अनुसार क्षेत्रनँ ३ अन्र्तगतका सबै गाविसलाई लक्षित गरि बिभिन्न प्रस्तावित नगरपालीका ÷ गाँउपालीकामा पार्टिको सँगठन सुद्धिदिकरण अगुवा कार्यक्रता भेटघाट एवम स्थानीय, प्रादेशिक र केन्द्रिय निर्वाचनको तयारी बिषयक कार्यक्रम बमोजिम प्रस्तावित निसिखोला गाँउपालीकाको केन्द्र देबिस्थानमा कार्यक्रम सम्पन्न गरीएको हो ।

राजकुत, देबिस्थान, बोहोरागाँउ र निसि गाविसलाई समेट्दै गरीएको कार्यक्रमका अबसरमा नेपाली काँग्रेस क्षेत्र नँ ३ का क्षेत्रिय सभापती दोर्ण कुमार कुवँरको अध्यक्षता, सासद ज्ञान कुमारी छन्त्यालको प्रमुख आतिथ्यता ,तथा महादिबेशन प्रतिनीधि धीर प्रताप सिँह, टेकराज पौडेल, सिँह बहादुर राना, कृष्ण केशि, जित शेरचन, सागर छन्त्याल, यामु पौवि, जिल्ला सदस्य प्रकाश कुवँर,तारानाथ शर्मा, पुर्व जिल्ला सदस्य मेश लाल शर्मा, क्षेत्रिय उपसभापती नरजँग घर्ति, क्षेत्रिय सदस्य दिलेन्द्र रामजाली, दिपेन्द्र श्रेष्ठ, मनसुन काजि, भबिन्द्र कुवँर, देबिस्थान गा्रम सभापती ईन्द्र बहादुर मल्ल, राजकुट गा्रम सभापती तेजिन्द्र बिक्रम कुवँर, बोहोरागाँउ ग्राम सभापती राजमान बुढा, निसि ग्राम समिती सचिब सुनिल बिक लगाएतको आथित्यता रहे कार्यक्रमका अबसरमा क्षेत्रिय उपसभापती नरजँग घर्तिको स्वागत मन्तब्य रहेको थियो ।

कार्यक्रमका अबसरमा बोहोरागाँउबाट माओबादी केन्द्र परित्याग गरी चिरण रोका, राजमो परित्याग गरी रमेश बिक, र नेकपा एमाले परित्याग गरी ईन्द्र बहादुर घर्ति नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *