अहिलेको व्यवस्था र संविधान बाँझो गाई हो, यसबाट दुधको आशा नगरौँ – डा गुरुङ

माओवादी केन्द्र उपभोगवादी, बिप्लव माओवादी होहल्लाबादी र नयाँशक्ति पुँजीवादी पार्टी हो !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ १० । नेकपा (क्रान्तिकारी) माओवादी (बैद्य) का केन्द्रिय समिति सल्लाहाकार डा ओम गुरुङले नेपालको वर्तमान संविधानलाई गरिव आदिवासी, जनजाति, दलित, मधेरीहरुको हक अधिकार सुनिश्चित नभएको संविधान बताएका छन् ।

उनले पार्टीको संगठन विस्तार तथा सुदृढिकरण र जन परिचालन अभियानको आज बागलुङ सदरमुकाममा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै डा गुरुङले वर्तमान सरकार र सत्ताधारी राजनीतिक पार्टीहरु उपभोगवादी भएकोले उनीहरु अहिलेको संसदीय व्यवस्थाबाट आफ्नो व्यक्तिगत स्वार्थमा लागेकोले नेपालको राष्ट्रियता संकटमा परेको बताए ।

अहिले देशमा भ्रष्टाचार, घुष लिनेदिने ,महंगी बढाएर उनीहरुले आफ्नो व्यतिmगन स्वार्थमा लागेको आरोप लगाउदै उनले अहिलेको संसदीय व्यवस्था र संविधान बाँझो गाई भएकोले दुधको आशा गर्न नहुने स्पष्ट पारे ।

डा गुरुङले नेकपा क्रान्तिकारी माओवादी संख्यामा कम भएता पनी विचारमा अडिक भएकोले कुनै पनि प्रतिक्रियावादी तथा प्रतिगामीहरुले कुनै लान्छना लगाउन नसकेको बताए ।हामीले वर्तमान अवस्थामा जनताहरुको पक्षमा कुनै जादुगरी काम गर्न नसकेपनी देशको निकास, विकास र स्वाधीन नेपाल निमार्णको अभियानको सच्चा अभियन्ता नेकपा (क्रान्तिकारी) माओवादी भएको बताए।

त्यस्तै उनले विप्लप नेतृत्वका माओवादी हल्ला खल्ला गर्ने र पुजीपतिहरुबाट रमक लिने पार्टी बताउदै नेकपा माओवादी केन्द्र उपभोगवादी भएको हिजो जसको विरुद्धमा लागेको उनीहरुसंगै साँठगाँठ गरेर सत्तामा पुगेको पार्टी भनी आरोप लगाए । उनले अहिलेको नयाँ शक्तिका अभियन्ता डाक्टर बाबुराम भट्टराईले आफै घोषणा गरेर माओ विचार त्यागेको भन्दै नयाँ शक्तिमा पुँजीवादीहरुको बाहुल्यता रहेको पनि बताए ।

उनले भने, पार्टी सानो ठुलो भन्दा पनी विचार र राजनीती स्पष्ट र जनताए र जनजिवीकाको विषयलाई उठाउनु ठुलो कुरा भएको बताए । उनले स्थानीय चुनावमा पार्टीले अवस्था हेरी भाग लिने वा नलिने भन्ने ठहर गर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य एवम पुर्वी संयोजक धनेश्वर पाखरेल, पूर्व सल्लाकार अमृत घर्ती आभाष, केन्दीय सदस्य निल बहादुर पुनले पनि बोलेका थिए ।
कार्यक्रम जिल्ला संयोजक ऋिषीराम रोकाको अध्यक्षता जिल्ला सदस्य गोविन्द परियारको स्वागत जिल्ला सदस्य विक्रम थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.