अमलाचौरमा काँग्रेसको श्रद्धान्जली सभा

बागलुङ २०७३ माघ १० । नेपाली काँग्रेस अमलाचौर गाउँ पार्टी उपसभापति स्वगीय शिवप्रसाद शर्माको १३ औ दिनको पुन्य तिथिको अवसरमा नेपाली काँग्रेस गाउँ कार्यसमिति अमलाचौरले सोमबार श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापाले स्वर्गीय शिव प्रसाद शर्मा नेपाली काँग्रेसको एउटा सच्चा सिपाही भएको र उहाँ जस्तो एक कर्तव्य निष्ठ व्यक्ति गुमाउँदा पार्टिमा एउटा ठुलो क्षती पुगेको बताए ।

२०१९ साल जेठ ४ गते बागलुङको अमलाचौरमा जन्मिएका शर्मा रोजगारीको शिलशिलामा भारतमा रहँदा पनी काँग्रेस निकट नेपाल भारत जनसम्र्पक समितिको अध्यक्ष पदमा रही काम गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य कल्पना हमाल पाठक, जिल्ला सदस्य सिताराम रसाईली, काँग्रेस बागलुङ नगर सभापति महेन्द्र आचार्य महाधिवेशन प्रतिनिधि, अमर बहादुर कार्की, क्षेत्रीय प्रतिनिधि लिलाधर वि.क. मृतककका भाई खगेन्द्र शर्मा पौडेल, लगायतले शर्माप्रति श्रद्धान्जली अर्पण गरेका थिए । स्व शर्माका २ भाई छोरा, १ छोरी र १ श्रीमती रहेका छन ।

कार्यक्रम नेपाली काँग्रेस गाउँ पाटी सभापति कोपिलामणी शर्मा पौडेलको अध्यक्षता कुश्मिसेराका गाउँ पाटी सभापति काशिराम आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *