Sorry, that menu does not exist.
 

शिव माध्यमिक विद्यालय काँडेवासका विद्यार्थी शैक्षिक भ्रमणमा

लक्ष्मण चलिसे, गल्कोट २०७४ असोज ३ । शिव माध्यमिक बिद्यालय काँडेबासका विद्यार्थीहरु शैक्षिक भ्रमणमा रहेका छन् । असोज १गते सुरु भएको यो शैक्षिक भ्रमण असोज ५ मा सम्पन्न हुने बिद्यालयले जनाएको छ । शैक्षि भ्रमणमा कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको छ ।

भ्रमणका लागि छानिएका महत्वपूर्ण स्थलहरु मध्ये बागलुङ कालिका मन्दिर, गुप्तेश्वर महादेव, पोखरामा डेविड फल्स , फेवा ताल , तालबाराही , गोर्खा मनकामना ,बुटबल फूलबारी जस्ता ठाउ रहेका छन् । आज पोखराको ऐतिहासिक महत्व बोकेको पोखराको ताल बारहि फेबातालको पनि विद्यार्थीहरुले जानकारी लिईएका थिए । भ्रमण टोलीमा विद्यालयका प्रधानाध्यापक हरि चालिसे तथा अन्य शिक्षक शिक्षिकाको सहभागिता रहेको छ ।

नेपाल धार्मिक सांस्कृतिक र प्राकृतिक दृष्टिले बिबिधतायुक्त मूलुक हो । यसै सन्दर्भमा ती बिबिधताहरुको बारेमा प्रत्यक्ष अवलोकन र जानकारी प्राप्त गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको बताईएको छ ।

भ्रमणका क्रममा प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक स्थितिको अवलोकन गर्नु , प्राचीन कला र संस्कृतिको बारेमा जानकारी प्राप्त गर्नु बिबिध ऐतिहासिक तथ्यहरुको जानकारी लिनु , भौगोलिक बिबिधताको प्रत्यक्ष जानकारी लिनु , आफ्नो समूदाय र नमूनामा परेका सम्बन्धित क्षेत्रहरुको सामाजिक स्थिति र जीवनशैलीका बारेमा तुलना गर्नु , प्राकृतिक अवस्था र विकासका गतिबिधिहरुको बारेमा आफ्नो समूदाय र सम्बन्धित क्षेत्रका बीच भिन्नता पहिल्याउनु आदि रहने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply