क्यान्सर पीडित पौडेल र आँखा रोगी कँडेललाई मालिका सेवा समाजको आर्थिक सहयोग !

कोपिला कंडेल, बागलुङ २०७३ माघ १० । मालिका सेवा समाज बागलुङले मालिका गाबिसका क्यान्सर पीडित चन्द्र बहादुर पौडेललाई रु ४१ हजार र अर्का आंखा रोगी म्याग्दीका नगेन्द्र कंडेललाई रु ८ हजार ५ सय आर्थिक सहयोग गरेको छ ।

क्यान्सर पीडित पौडेललाई मालिका सेवा समाजबाट १० हजार, भिमपोखराका मान बहादुर कार्की बाट ३० हजार र बल बहादुर केसी बाट १ हजार गरी जम्मा ४१ हजार रुपया गरी ४१ हजार र अर्का आँखा रोगी कँडेललाई मालिका सेवा समाजको ५ हजार, फुल प्रसाद साप्कोटा बाट रु १ हजार, मान बहादुर कार्कीबाट १ हजार, बेग नारायण शर्मा, दुर्गा कार्की, बल बहादुर केसी बाट जनही ५/५ सय गरी जम्मा ८ हजार ५ सय रुपया आर्थिक सहयोग प्रदान गरिएको समाजका अध्यक्ष दुर्गा बहादुर कुवरले बताए । क्यान्सर पीडित पौडेल र आँखा रोगी कंडेलको आर्थिक अवस्था कमजोर रहेकाले बिभिन्न क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको समाजले जनाएको छ ।

सो अवसरमा बोल्दै मालिका सेवा समाजका सल्लाहकार एबं पूर्व राज्य मन्त्री रामजी प्रसाद शर्माले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुच सहजरुपमा पुग्न नसकेको बताउदै पीडितको उपचारका सहयोग पुर्याउन समाजले सहयोगको थालनी गरेकोमा समाजको प्रशंसा गरेका थिए । उनले समाजले निरोगी बन्नका लागि स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल रेडक्रस सोशाईटी बागलुङ्गका उपसभापति राजेन्द्र आचार्य, क्षेत्री समाजका अध्यक्ष बाबुराज कार्की र सहयोग दाता मान बहादुर कार्की, चन्द्र बहादुर कार्की लगायतले बोलेका थिए

कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष कुवरको अध्यक्षता, उपाध्यक्ष बिष्णु कुवरको स्वागत, सदस्य फुल प्रसाद साप्कोटाको धन्यबाद मन्तब्य र सचिव जीवन आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.