Sorry, that menu does not exist.
 

आहा रारा गोल्डकपमा नेपाल आर्मी क्लब सेमिफाईनलमा प्रवेश !

कविता घर्तीमगर, पोखरा २०७३ माघ १० । पोखरामा रंगशालामा जारी १५औं आहा रारा गोल्डकपमा नेपाल आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
अाज भएको तश्रो क्वार्टरफाईनल खेलमा रमपम झापा ११ लाई २–० गोल अन्तरले हराउदै गत बर्षको उपबिजेता आर्मीले सेमीफाईनलमा स्थान पक्का गरेको हो । आर्मीका लागी नवयुग श्रेष्ठ र भरत खवासले गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुवै गोल दोश्रो हाफमा भएको थियो । नवयुगले खेलको ४६औं र भरतले ७० औं मिनेटमा गोल गरका थिए । अाजको खेलमा आर्मीका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । भाेली प्रतियोगिताको अन्तिम क्वार्टरफाईनल खेल अन्र्तगत सि.एम.जि संकटा र बंगलादेशको फरास्ह्गञ्ज फुटबल क्लब बिच हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply