शान्त खत्री ‘मौसम’ बागलुङ २०७४ असोज १ । ताराखोला गाउँपालिका ३ कांक्राखोर आधारभूत विद्यालयमा ६४ औ चंदा संकलन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आर्थिकस्तर सुधार गर्नेको लागि चंदा संकलन कार्यक्रम गरिदै आईएको छ ।
चंदा संकलन कार्यक्रममा प्रमुख अतिथि रहेका नर बहादुर निउरे र मदन केसी कामको शिलशिला जापान पुगेका थिए । चंदा संकलन कार्यक्रमका प्रमुख नर बहादुर निउरेले सामाजिक कार्यको लागि निरन्तर सहयोग गरिरहने बताउदै बिधालयको निम्ति सधै सहयोग गर्ने प्रतिबद्धता जनाउदै २५ हजार सहयोग गरेका छन् भने त्यस्तै मदन केसीले बिधालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि त्रीकोणानात्म सम्बन्ध सुमधुर नभए सम्म शैक्षिक गुणस्तरबाट आशा गर्ने ठाउँ नरहने बताउदै बिधायलाई २५ हजार सहयोग गरेका थिए । केसीले आफ्नो सहयोग निरन्तर रहने सो अवसरमा बताएका थिए ।
कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मन बहादुर लामिछाने अध्यक्षता, चन्दादाता कार्यक्रमका प्रमुख अतिथि नर बहादुर निउरे , मदन केसीको बिशेष आतिथ्यता रहेको कार्यक्रममा शिक्षिका रिता बिक , रामप्रसाद निउरे , शान्त खत्री ९ मौसम ० शिक्षक अभिभावक संघका अध्यक्ष ईन्द्रप्रसाद निउरे लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम शिक्षिका रमा भट्टराईको स्वागत मन्तव्य र प्रधानध्यापक धर्मदत्त उपाध्यायको संचालनमा सप्पन्न भएको थियो ।