कवि राजेन्द्र ढकालका तीन मुक्तक: गन्तब्यमा नपुग्दै यात्रा टुटेको जिन्दगी !

कस्तो यो सम्बन्ध कहिले बाध्यताले शीर झुकायो,
अन्जानमा कहिले तिम्रो सामिप्यताले शीर झुकायो,
तिमि सँगै उठबस गर्दा, समयले दुश्मनी लियो,
अबैधानिक पारिबारिक सदस्यताले शीर झुकायो ।

***

गन्तब्यमा नपुग्दै यात्रा टुटेको जिन्दगी,
सफलता नपाउँदै, भाग्य फुटेको जिन्दगी,
जताततै दागै दाग पात गाँसेको टपरी जस्तै,
जिउनकै लागी कयौं पटक खुटेको जिन्दगी ।

+++

थाहैनपाई तिम्रो टुना–मुनाले भुलायो,
केहिसमय तिमि मौन हुनाले भुलायो,
सुर्केगाँठो नहुँदा अल्मलियो जवानी
निकैबेर चोलीको तुनाले भुलायो ।

२०७३ माघ १० ।
बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *