कृष्ण कँडेल, बागलुङ माघ १० । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार्टी सुदृढिकारण अभियान सुरु गरेको छ ।
क्षेत्रीय समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र नम्बर–३ का प्रस्तावित चारओटै पालिकामा कार्यक्रम गर्न लागिएको हो ।
क्षेत्रीय समितिको आयोजनामा आईतबार प्रस्तावित तमानखोला गाउँपालिकाको कार्यक्रम बोङ्गादोभानमा भएको छ । कार्यक्रममा गाउँपालिका अन्तरगतका बोङ्गादोभान, तमान र खुङ्खानी गाविसका अगुवा कार्यकर्ता सहभागी थिए ।
सो अबसरमा सांसद ज्ञानकुमारी छन्त्याल, क्षेत्रीय सभापती दोर्णकुमार कुँवर, महाधिवेशन प्रतिनिधिहरु सिंहबहादुर राना, धिरप्रताप सिंह, जीत सेरचन, कृष्ण केसी र सागर छन्त्याल, जिल्ला सदस्य रविन्द्र बुढाथोकी, मेषलाल शर्मा, खडक बहादुर जिसी, क्षेत्रीय कोषाध्यक्ष तुल्सी नेपाली लगायतले प्रशिक्षण मुलक मन्तव्य व्यक्त गरेका थिए ।
बक्ताहरुले अब तत्काल हुने स्थानिय निर्वाचनका लागि तयार रहन कार्याकर्तालाई आग्रह गरेका थिए । उनिहरुले स्थानिय विकास निर्माणका काममा स्थानियवासीसँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनिहरुले अबको एक बर्षभित्र स्थानिय, प्रादेशिक र संघिय सांसद्को निर्वाचन गर्नैपर्ने भएकाले पार्टी संगठनलाई चुस्त बनाउँदै स्थानिय रुपमा गातिविध बढाउन आग्रह गरेका छन् ।
बोङ्गादोभान गाविसका सभापती खगेन्द्रमान पुन, तमानका सभापती झकबहादुर घर्ती र खुङ्खानीका सभापती सुरेन्द्र छन्त्यालले आफ्नो गाविस र वडा स्तरमा पार्टीको अबस्था, विकास निर्माणको काम लगायतका स्थानिय विषयमा रिपोर्टिङ गरेका थिए ।
कार्यक्रम क्षेत्रीय सभापती दोर्णकुमार कुँवरको अध्यक्षता, उपसभापती नर्जङ घर्तीको स्वागत र सचिव तिलक घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभियान अन्तरगतको कार्यक्रम आज निसीखोला गाउँपालिकाको देविस्थानमा, भोली बडिगाड गाउँपालिकाको ग्वालीचौरमा र पर्सि ढोरपाटन नगरपालिकाको बोबाङमा हुँदैछ ।