साँझ पसल हिँडेका लिलबहादुर, बिहान तमान खोलामा मृत भेटिए !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ १० । बागलुङको बुर्तिबाङ–७ का ३७ बर्षिय लिलबहादुर क्षेत्री मृत अबस्थामा भेटिएका छन् । आईतबार साँझ पसलमा जाने भन्दै घरबाट निस्किएका उनि राती अबेरसम्म घर फर्केनन् ।

विहान खोजी गर्ने क्रममा खुङ्गा–८ को हुन्द्राफेदीमा सडक बाट १० मिटर तल तमान खोलामा खसेको अबस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । श्रीमती छमकला क्षेत्रीले श्रीमान् खोलामा लडेको अबस्थामा देखेपछि प्रहरीलाई खवर गरेकी थिईन् ।

पसलबाट फर्किने क्रममा चिप्लीएपछि खोलामा खसेर क्षेत्रीको मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टका लागि प्रथामिक स्वास्थ्यकेन्द्र बुर्तिबाङमा राखिएको प्रहरी निरीक्षक रानाले बताए । मृतक क्षेत्रीका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.