प्रधानमन्त्रीले महोत्सवको उद्घाटन गर्ने निश्चितता सँगै कुस्मामा चहल पहल सुरु !

पर्वत २०७३ माघ १० । कुस्मा बजारमा आयोजना गर्न लागिएको पाँचौ पर्वत महोत्सव आउन अब तीन दिन बाँकी छ । यहि माघ १३ गते देखी सुरु हुने १० दिने पर्वत महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गने निश्चित भएपछी आयोजकहरु महोत्सवको तयारीमा तीब्ररुपमा जुटेका छन् । जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि हुन लागेको पाँचौ पर्वत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन् ।

महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आउने कुरा महोत्सव मुल आयोजक समितिका अध्यक्ष एवं पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्माले जानकारी दिएका हुन् । अति व्यस्थताका बाबजुद पनि हाम्रो आग्रह र आमन्त्रणलाई स्वीकार गरी प्रधानमन्त्री प्रचण्डले आउने आश्वासन दिनु भएको अध्यक्ष शर्माले बताए ।

महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शन, व्यवसायीहरुको स्टलहरु रहेको मूल आयोजक समितिका आर्थिक संयोजक गोेपी अधिकारीले बताए । उनले भने, यस पालीको महोत्सवमा दर्शकहरुले अस्ट्रीच, ऊँट र चौँरीगाई समेत अबलोकन गर्न पाउने भएका छन् । यी बाहेक महोत्सवलाई आकर्षक बनाउन अनौठा र नौला बस्तुहरुको प्रदर्शनी समेत गराउने तयारी भैरहेको उनको भनाई छ ।

महोत्सवलाई रोचक बनाउन राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारहरु पशुपति शर्मा, प्रमोद खरेल, बद्री पंगेनी, राजु परियार, शिव परियार, कुलेन्द्र विक, देवी घर्ती, प्रजापति पराजुली, कुलेन्द्र विक, याम क्षेत्री, रोमा न्यौपाने, चोलेन्द्र पौडेल, कृष्णसमीप सुवेदी, विमलराज क्षेत्री, सम्झना भण्डारी, कृष्ण अखेली, कृष्णा गुरुङ, तृष्णा गुरुङ लगायतका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने वाणिज्य उपाध्यक्ष तथा कलाकार आमन्त्रण तथा व्यवस्थापन संयोजक केदारनाथ शर्माले बताए ।

‘जिल्लामा रहेका लामा र अग्ला पुल, नेपालकै प्राविधिहरुले निर्माण गरेको केवुलकार मोडेलको यान्त्रिक पुल, बन्दै गरेको साहसिक बन्जी जम्प, ऐतिहासिक गुप्तेश्वर तथा अलपेश्वर गुफा, सहस्रधारा, कालीगण्डकीको ¥याङटीङ र प्यारा ग्लाइडिङ लगायतका आकर्षणले महोत्सव मात्र होइन समग्र जिल्लाकै पर्यटनमा ठोस टेवा पुग्ने बताइएको छ ।

महोत्सवमा ५ सय रुपैंयामा प्याकेज टिकटको व्यवस्था गरिएको छ भने ६० रुपैंयामा सामान्य टिकट तथा कक्षा १२ सम्मका विद्यार्थीहरुका लागि ४० रुपैंयाको टिकट कायम गरिएको छ ।

पर्वत सदरमुकाममा सन्चालित बिगतका महोत्सवहरुको एक बिडम्वना के रहि आएको छ भने, जसरी तामझाम र प्रचारबाजीका साथ महोत्सवको आयोजना गरिन्छ त्यसरी महोत्सवको खर्चपर्च पारदर्शी हुँदैन । आम दर्शक र जिल्लावासीहरुको यो गुनासो प्रति, न आयोजक त्यति गम्भीर देखिन्छन नत सरकारले महोत्सवमा हुने आर्थिक चलखेल प्रति चासो लिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *