खेमराज अर्याल, बुर्तिबाङ २०७४ भदौ ३१ । नेपाल राष्ट्रिय शिक्षक संगठन वडीगाड गाउँपालिकाको प्रथम अधिवेशन शुक्रबार खर्वाङमा सम्पन्न भएको छ। अधिवेशनले वेद प्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्य रहेको मुल कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भविलाल बुढा महिला उपाध्यक्षमा सरस्वती शर्मा आर्चाय सचिवमा यज्ञदत्त घिमिरे सहसचिवमा जमुना गिरी कोषाध्यक्षमा दिपक कुमार गिरी र सह कोषध्यक्षमा टिका महत शर्मा रहेका छन् । यस्तै खिमानन्द आर्चायको संयोजकत्वमा ३ सदस्यीय सल्लाहाकार समिति पनि गठन गरिएको छ ।
कार्यक्रममा नेकपा एमाले बागलुङका सचिव लाल वहादुर थापा, वडीगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजा नेपाल राष्ट्रिय शिक्षक संगठन क्षेत्र नम्बर ३ का अध्यक्ष खिमानन्द आर्चाय ४ नम्बर प्रदेश कमिटि सदस्य प्रेम खरेल नेकपा एमाले वडीगाड संगठन कमिटिका संयोजक शान्ति अधिकारी धौलागीरी अञ्चल कमिटि सदस्य सुनिल शेरचन वडिगाड गाँउपालिका शिक्षा विभाग प्रमुख तथा वडा नम्बर ३ का वडा अध्यक्ष खडक पुन लगाएत नेकपा एमालेको विभिन्न कमिटीमा आवद्ध पदाधिकारी र शिक्षकहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बडीगाड गाउँपालिका अन्तर्गतका सम्पुर्ण बिद्यालय मध्यबाट बाट एस.इ.इ. परिक्षा २०७३ मा प्रथम स्थान हासिल गर्ने छात्र छात्रा तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पनि सम्मान गरिएको छ । यस्तै बडीगाड गाउपालिकामा स्थायी भएर आएका नवागन्तुक शिक्षकलाई स्वागत गरिएको छ भने नमुना विद्यालयको रुपमा त्रिभुवन मावि खर्बाङलाइ सम्मान गरिएको थियो ।
तस्विर: कृष्ण भट्राई