अन्चल अस्पताललाई नमुना बनाउने अध्यक्ष मल्लको उद्घोष !

नारायण रिजाल, बागलुङ २०७३ माघ ९ । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति बागलुङले धौलागिरी अंचल अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष मन्जेशबम मल्लको सम्मानमा आईतवार स्वागत कार्यक्रमको आयोजना ग-यो ।

स्वागत कार्यक्रममा बोल्द अध्यक्ष मल्लले आफ्नो कार्यकालमा अस्पताललाई नमुना बनाउन प्रयत्न गर्ने बताए । अध्यक्ष मल्लले अंचल अस्पताल समग्र आम जनताको स्वास्थ्य उपचारको थलो भएका कारण यसलाई व्यवस्थित गर्नका लागि आफुले सक्दो प्रयास गर्ने बताउदै अस्पतालमा रहेको डाक्टरहरुको खाली दरबन्दीलाई पदपुर्तिका लागि आफुले मन्त्रालय संग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागरकुमार राजभण्डारी, नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङका अध्यक्ष देव शर्मा आचार्य, नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनाल, लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ बागलुङका अध्यक्ष विष्णु प्रसाद शर्माको अध्यक्षता पश्चिमाञ्चल सदस्य देवप्रकास घिमिरेको स्वागत र सचिव शिव के.सीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.