मुलुकको परिवर्तन र विकाशका लागि सञ्चार माध्यम आवश्यक : अध्यक्ष बिष्ट

पत्रकार महासंघको भवन शिलान्यास / पत्रकार कँडेल नन्दहरि सिर्जनशील पुरस्कारबाट पुरस्कृत

हरि शर्मा, बागलुङ २०७३ माघ ९ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र बिष्टले मुलुकको संस्थागत विकासका लागि मिडियाले खवरदारी गर्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन शिलन्यास कार्यक्रमलाइ सम्वोधन गर्दै बिष्टले यस्तो बताएका हुन । आम नागरिकलाइ सूचना तथा सञ्चारको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन र विकासको बाटोमा मार्गनिर्देश गर्न मिडियाको महत्वपूर्ण भूमिका रहेको बताए ।

मुलुकमा राजनीति,पेशागत एवं व्यवसायी संघर्षको विकासका लागि मिडिया कोशेढुगां सावित हुने भन्दै मुलुकको परिवर्तन र विकाशका लागि सञ्चार माध्यम आवश्यक रहेको बताए ।
समाजमा हुने विभेद,उत्पीडन, दण्डहीनता र सामाजिक न्यायको लागि विभिन्न सञ्चार माध्यम, नागरिक समाज तथा प्रहरी प्रशासनको सकारात्मका भूमिका रहने बताए ।
अहिले मिडियाको प्रवद्र्धन गर्न सञ्चार नीति आएको छ, उनले भने, फलस्वरुप व्यवसायिक रुपमा पत्रकारीता अगाडि बढेको छ ।

एक फरक प्रसंगमा डा। बिष्टले २०७४ साल माघसम्म देशमा तीन वटै तहको निर्वाचन गर्नुपर्ने भएकाले त्यस्का लागि राजनीतिक रुपमा दवाव दिनका लागि पनि सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने बताए ।
अध्यक्ष बिष्टले निर्माण हुने भवनलाइ बहुपयोगी रुपमा स्थापित गरी सञ्चारको माध्यमबाट समाज रुपान्तर गर्न सकिने धारणा व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष बिष्टले नन्दहरि सिर्जनशील पत्रकारीता पुरस्कार २०७३ पत्रकार कोपिला कडेँललाइ प्रदान गरेका थिए । १५ हजार पुरस्कार राशी रहेको उक्त पुरस्कार नेपाल पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक हरिनारायण गौतमले आफ्ना स्व। माता पिताको स्मृतीमा स्थापना गरेका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ उपाध्यक्ष खिलबहादुर भण्डारी,महासचिव उजिर मगर,प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत,प्रेश सेन्टरकी केन्द्रीय सदस्य एवं नन्दहरि शिर्जनशील पत्रकारीता पुरस्कारबाट सम्मानीत कोपिला कडेँल,सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरि,नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जि।सी, बागलुङ सूचना तथा सञ्चार सहकारी संस्था लि।का अध्यक्ष बसन्त कुमार श्रेष्ठ लगायतले आफ्नो भनाइ राखेका थिए ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेश राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नन्दहरि स्मृती सिर्जनशील पत्रकारीता पुरस्कारका संस्थापक संरक्षक हरिनारायण गौतम धन्यवाद ,नेपाल पत्रकार महासंघ जिल्ला शाखा कोषाध्यक्ष ताराप्रसाद शर्माको स्वागत मन्तव्य र सचिव दिल शिरिषको सञ्चालनमा सम्पन्न भएको थियो ।

भवन निर्माणका लागि जिल्ला विकाश समिती बागलुङबाट ५ लाख, नगरपालिका कार्यालयबाट ५ लाख ,सांसद विकाश कोषबाट २ लाख ५० हजार गरि १२ लाख ५० हजार सहयोग प्राप्त भएको जानकारी दिँदै करीब ८० लाखको लागतमा बन्ने सो भवनका लागि नपुग रकम विभिन्न श्रोतहरुबाट जुटाईने अध्यक्ष राजभण्डारीले बताए । अध्यक्ष राजभण्डारीका अनुसार ३ तलाको भवनमा आधुननिक सुचना केन्द्र, तालिम हल ,सुविधा सम्पन्न कार्यालय र आधुनिक सञ्चार केन्द्र रहने छन् ।

बालकल्याण समितिको नाममा रहेको उक्त जग्गा नगरपालिकाले ५० बर्षका लागि लिँजमा लिएको छ । नगरपालिका सँग पत्रकार महासंघले सम्झौता गरि भवन निर्माणका लागि अनुमति पाएको महासंघले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *