पर्वतमा प्रेस चौतारीको अंचल भेला वनभोज कार्यक्रम !

पर्वत २०७३ माघ ९ । शनिवार प्रेस चौतारी पर्वत शाखाको आयोजनामा भएको धौलागिरी अंचल भेला तथा बनभोज कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघलाई व्यवसायिक पत्रकारहरुको साँझा संगठनको रुपमा विकास गर्न लाग्नुपर्ने बताएका छन् ।

उनले पेशागत दक्षता र क्रियाशिलता पत्रकारले मात्रा महासंघको मर्म र भावनालाई आत्मसाथ गर्न सक्ने बताउँदै अध्यक्ष बस्नेतले सवै संघ संगठन एक भएर जिल्ला शाखाहरुको निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए ।

सो अवसर पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले वर्तमान राजनीतिक संक्रमण अतिनै पेचिलो र संवेदनशिल अवस्थामा रहेकाले तथ्यका आधारमा सत्य तर्फ उन्मुख हुन पत्रकारहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष खिल बहादुर भण्डारी, महासचिव उजिर मगर, पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम प्रेस चौतारी पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षता र सचिव कृष्ण अखेलीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *