Sorry, that menu does not exist.
 

मोटरबाटो अनुगमन गर्दा ढुंगा खसेर मुसिकोटका मेयर सापकोटा घाइते

कमल पौडेल, खर्वाङ बागलुङ २०७४ भदौ २२ । गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा दुर्घटनामा परि घाइते भएका छन् । वामी टक्सार अर्लाङकोट हुँदै काँडेवास हटिया जोड्ने निर्माणाधीन मोटरवाटोको अनुगमन तथा निरिक्षण गर्ने क्रममा माथिवाट खसेको ढुंगाले लाग्दा सापकोटा घाइते भएका हुन् । सापकोटाको वाँया हात तथा खुट्टामा चोट लागेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

बिहीवार विहान नगरपालिकाको वडा नं. ७ स्थित बसेरी नजिकैको स्थानमा माथिवाट खसेको ढुंगाले सापकोटलाई लागेको थियो । सापकोटाको तत्कालै वामीमा चलिरहेको स्वास्थ्य शिविरमा पुर्याई प्राथमिक उपचार गरिएको र स्वास्थ्यकर्मीका अनुसार बाँया हातको बुढी औंलामा काटेको तथा हत्केलामा माझि औंलाको हड्डि भाँचिएको हुन सक्ने भएकोले वुटवलमा रिफर गरेको बताईएको छ ।

सापकोटाकी श्रीमती सिता सापकोटाले उहाँको वुटवलमा उपचारको लागी गएको र अवस्था सामान्य रहेको जानकारी दिएकी छन् ।

प्रत्यक्षदर्शीका अनुसार ठुलो ढुंगावाट वचेको र सानो ढुंगाले लागेको वताएका छन्। संगै रहेका मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत धनश्याम न्यौपानेले ठूलो दुर्घटनामा वाँचिएको वताए ।

सो मोटरवाटो निरिक्षणको लागी सापकोटा संगै नगर कार्यालय प्रमुख न्यौपाने, समाजसेवी अग्निधर लोहनी, निर्माण कम्पनीका प्रतिनिधि, इन्जिनियर लगाएतको टोली निर्माण स्थलमा पुगेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply