कौरव खत्री, गुल्मी २०७४ भदौ २१ । बागलुङका एक व्यक्ति झण्डै एक बर्षयता देखि बाँसका सामग्रीहरु गाँउ–गाँउमा लगेर बेचेरै आफ्नो दैनिकी चलाउदै आएका छन् ।
बडीगाड गाँउपालिका ३ नैटुलका ५७ बर्षीय श्यामलाल दर्लामीले आफ्नो गाँउमा बाँसका चोया र चित्रोबाट बनाईएका डोका, सुप्पो, डाला, मान्द्रा लगायतका सामग्रीहरु गाँउबाट खरिद गरि २÷३ दिनको बाटो भएर बागलुङ तथा गुल्मीका गाउँहरुमा घरदैलोमा पुगेर विक्रि वितरण गरेर आफ्नो घरखर्च चलाउदै आएको दर्लामीले बताउछन् ।
आजभोली बजारमा जताततै प्लाष्टिकका सस्ता सामग्रीहरु पाइन थालेपछि आफ्नो बाँसबाट उत्पादित सामग्रीहरु विक्रि वितरणमा थप समस्या हुनेगरेको तर बुढापाका एवं बाँस बाट बनेको सामग्रीको महत्व बुझेका र चिने जानेकाले मात्र गाँउघरमा सामग्रीहरु राख्ने गरेको दर्लामी जानकारी दिए ।
विकट गाँउका बाँसका सामग्रीहरु शहर बजारसम्म पु¥याएर विक्रि वितरण गर्दा आफ्नो गाडीभाडा र लगानी समेत नउठ्ने हुदा आफूले गाँउमा बाँसका सामग्रीहरु खरिद गरि आफूले बोकेरै डोका, सुप्पो, डाला र मान्द्राहरु बेच्न टाढा टाढा सम्म पुग्नु पर्ने बाध्यता रहेको बताए ।
आजकाल त गाँउघरमा सामग्रीहरु बेच्न समेत धौ–धौ हुनेगरेको र कोहिबेला त आफ्नो लगानी समेत नउठ्ने गरेको दुखेसो दर्लामीले सुनाए ।
तस्वीर ःकौरव खत्री, गुल्मी ।