आहा-रारा गोल्डकप: सिक्किमलाई हराउदै साहारा क्लब सेमिफाइनलमा प्रवेश !

कविता घर्तीमगर, पोखरा २०७३ माघा ८ । पोखरा रंगशालामा जारी १५औं आहा रारा गोल्डकप खेल प्रतियोगितामा आयोजक साहारा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वार्टरफाईनलमा यूनाईटेड सिक्किम फुटबल क्लब, भारतलाई टाईबे्रकरमा ४–२ गोल अन्तरले हराउदै साहारा सेमीफाईनल प्रवेश गरको हो ।

निर्धारित समयमा गोल रहित टुङ्गिएको खेलमा थपिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछी खेल टाईबे्रकरमा धकेलिएको थियो । टाईब्रेकरमा उत्तम गुरुङ्ग, रमेश मगर, शिव सुवेदी र सुशन गुरुङ्गले गोल गरे भने सिक्किमको तर्फबाट सञ्जय क्षेत्री र फुर्वा छिरिङ्ग भुटियाले गोल गरेका थिए । शनिवारको खेलमा म्यान अफ द म्याच यूनाईटेड सिक्किम सञ्जय क्षेत्री भएका छन । आईतवारको खेल ४ पटकको बिजेता लक्ष्मी हुन्डाई मनाङ् मस्र्याङ्गदी क्लब र धरान फुटबल क्लब बिच हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *