पल्र्स अनुगमन तथा वित्तीय विश्लेषण तालिमको उद्घाटन !

सुमन जि.सी बागलुङ २०७३ माघ ८ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सहकारी संस्थालाई सहि दिशामा डो-याउनका लागि पल्र्स अनुगमन तथा वित्तीय विश्लेषणको आवश्यकता रहेको बताएका छन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनको प्राविधिक सहयोगमा बागलुङ बजारमा शनिवार देखि सुरु भएको पल्र्स अनुगमन तथा वित्तीय विश्लेषण तालिमको उद्घाटन गर्दै प्रमुख अतीथि पोखरेलले सो कुरा बताएका हुन् ।

पोखरेलले सहकारी संस्था भनेको विश्वविद्ययालय भएकाले संस्था भित्रै सहकारी संस्था सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण कुराहरु सिक्न सकिने धारण व्यक्त गरे । तालिमलाई पैसासंग सम्झौता नगर्न सहभागिलाई आग्रह गर्दै पोखरेलले तालिम लिएर जान्ने होईन सिकाउने हुन र स्वंय आफै प्रशिक्षक उत्पादन हुने गरी तालिममा सहभागिता जनाउनु हुन आग्रह समेत गरे ।

सोही अवसरमा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य रामवहादुर जि.सी.ले हाल नेपालमा सहकारी क्षेत्रमा आकर्षण बढ्दै गईरहेको र केही ठाउँमा समस्या देखिएतापनी ती समस्याहरुलाई तालिम, सहकारी शिक्षा, भेटघाट र छलफलवाट समाधान तर्फ लाग्नुपर्ने धारण व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मालेपनि मन्तव्य व्यक्त गरेकी थिईन् ।

धौलागीरी क्षेत्रमा क्रियाशिल बचत तथा ऋणको कारोवार गरिरहेका सहकारी संस्थाहरुमा पल्र्स अनुगमन प्राणलीको प्रयोग र संस्थाहरुमा वित्तीय अनुशासन कायम गरी गुणस्तरीय तथा व्यवसायीक संस्था निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।

बागलुङ, म्याग्दी र कास्की जिल्लाका ४० जनाको सहभागिता रहेको तालिम उद्घाटन कार्यक्रम संघका अध्यक्ष पौडेलको अध्यक्षता, लेखा समिति सदस्य संगिता शर्मा पौडेलको स्वागत तथा त्रिवेणी साकोस बुर्तिवाङका अध्यक्ष हिरालाल खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

३ दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण नेफ्स्कुनका कोषाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतीथी केशवप्रसाद पोखरेलले गर्ने संघले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.