Sorry, that menu does not exist.
 

अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा बागलुङमा दीप प्रज्वलन

नारायण रिजाल, बागलुङ २०७४ भदौ १४ । ३४ औ अन्तराष्ट्रि वेपत्ता दिवसको अवसरमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ । व्दन्व्दको समयमा राज्य र विद्रोहीव्दारा वेपत्ता पारिएकाको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

हरके वर्ष अगष्ट ३० तारिखका दिन यो दिवस विश्व भर मनाईने गर्दछ । बेपत्ता परिएकाको संझनामा राष्ट्रिय अभियान, सत्य न्याय र परिपुन सहतिको कानुनी प्राबधान भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । उच्च अदालत बार एसोसिएन, बागलुङ, मानव अधिकार तथा शान्ति समाज, बागलुङ एम्नेष्टी ईन्टरनेशनल समुह ४८ बागलुङ, द्धन्द पीडित अधिकार समाज, महिला मानव अधिकार रक्षक सञ्चाल र आमा मिलन केन्द्र बागलुङको आयोजना र सत्कर्म नेपालको संयोजनमा बागलुङ बजारको जिविस चोकमा दीप प्रज्वनल गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नागरिक समाज बागलुङका अध्यक्ष काजी गाउँले श्रेष्ठले राज्यले बेपत्ता भएको व्यक्तिहरुको तत्काल खोजी गरी एउटा निकास दिनुपर्ने बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज बागलुङका सभापति भुमिश्वर गौतम, उच्च अदालत बार एसोसिसयनका उपाध्यक्ष हरिकृष्ण सुवेदी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सदस्य विकास पौडेल, न्यायका लागि द्धन्द पिडित अधिकार समाजका संयोजक हरिप्रसाद शर्मा, लागतयले बोलेका थिए ।

बागलुङबाट २३ जना बेपत्ताको सुचिमा रहेका छन । कार्यक्रम सत्कर्म नेपालका अध्यक्ष सीताराम थापाको अध्यक्षता र श्रीकृष्ण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply