कमल राना, बागलुङ २०७४ भदौ १० । जिल्लाबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाले जिल्लाका विभिन्न ठाउँहरुमा ग्राहक अभियान सुरु गरेको छ । अभियान अन्तरगत परिसूचन साप्ताहिक पत्रिका र परिसूचन बालक्लवले जिल्लाका विभिन्न ठाउँमा तीज गीत तथा नृत्य प्रतियोगिता संगै पत्रिकाको ग्राहक उपहार वितरण गरेको छ ।
तीजको अवसरमा जैमिनी नगर पालिका वडा न. ७ जैदी र वडा न. १० राङखानीमा तीज गित÷नृत्य र ग्राहक उपहार वितरण गरेको हो ।
जैदीमा भएको तीजगित तथा नृत्य प्रतियोगितामा ११ समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा बागलुङ–जैदी सम्पर्क समाज प्रथम भएको छ । सिवाईसी दोस्रो, काभ्रे खेलकुद परिवार तृतीय र सतिढुङ्गा मावि जैदी र दिपज्योति आमा समुह सान्तवना भएका थिए ।
कार्यक्रम परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जनजाति सञ्जाल जैदीका अध्यक्ष नेत्र राना, सतिढुङ्गा माध्यामिक विद्यालयका प्रधानाध्यापक हरि पौडेल, राष्ट्रिय जनमोर्चाका कमल गिरी, परिसूचन साप्ताहिक पत्रिकाका सम्वाददाता कमल राना, खेलकुद सञ्जालका तेजमाया राना, परिसूचन बाल क्लवका सरस्वति शर्मा, बाल क्लवका सल्लाहकार बविता थापा, सामाजिक परिचालिका कुमारी राना, सयपत्री युवा क्लवका रुद्र राना, लगायतले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा परिसूचन साप्ताहिक पत्रिकाको ग्राहकहरु मध्येबाट एकजनालाई गोलापोलाबाट फिल्टर वितरण गरिएको थियो ।
गोलापोलाको माध्यमबाट कमल गिरीले फिल्टर जित्नु भएको थियो । फिल्टर कार्यक्रम स्थलमा नै वितरण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार प्रेममाया राना र तन्मति रोकाले गित प्रस्तुत गर्नु भएको थियो भने मनबहादुर राना, पूर्णिमा राना र सीमा रानाले नृत्य प्रस्तुत गरेका थिए ।
परिसूचन बालक्लव जैदीका अध्यक्ष कविता रानाका अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य बिमल राना र सञ्चालन मिलन रानाले गरेका थिए ।
त्यसै गरि परिसूचनले राङखानीको नेवारेमा पनि तीज गित तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा किटेनी आमा समुह प्रथम, ब्राइट फ्युचर समुह द्धितीय, नेवारे आमा समुह तृतीय र लुरुङ आमा समुह सान्तवना भएका छन् ।
कार्यक्रममा कलाकारहरु थुमराज ढुङ्गाना, तन्मति रोका, मिना बिसी (मिनु)ले सांगितिक प्रस्तुति दिएका थिए ।
परिसूचन साप्ताहिकका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विजय रानाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा परिसूचन साप्ताहिकका सम्वाददाता कमल राना अखिल छैठौँका कृष्णा थापा लगायतले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा परिसूचन भाग्यशाली ग्राहक उपहार अभियान अन्तरग परिसूचन साप्ताहिकका ग्राहकलाई फिल्टर वितरण गरिएको थियो ।
परिसूचन बाल क्लव नेवारेका अध्यक्ष एनिश घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य निशा घर्ति र सञ्चालन शुनिल छन्तेलले गरेका थिए।