प्रचण्ड र देउवाले थाहा पाई राखुन, संशोधन प्रस्ताव कुनै हालतमा पारीत हुन दिन्नौँ-ज्ञवाली

म्याग्दी २०७३ माघ ८ । अनेरास्ववियु म्याग्दीको १९औं जिल्ला अधिवेशनको शुक्रबार बेनीमा उद्घाटन गर्दै नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा पारित नहुने बताएका छन् ।

सचिव ज्ञवालीले संविधान संशोधनको प्रस्ताव राष्ट्रघाती, बिखण्डकारी र देशको हितमा नभएको भन्दै नेकपा एमालेले पारित हुन नदिने बताए । संविधान संशोधन प्रस्ताव पहाड र तराईलाई अलग गराउने, अङ्गिकृतलाई देशको माथिल्लो तहमा पु¥याउने, सरकारी कामकाजको भाषा हिन्दी बनाउने, संविधानमै नेपाललाई दुई राष्ट्रको मान्यता दिने जस्ता प्रस्ताव आएकाले किमार्थ स्वीकार नगर्ने उनले स्पष्ट पारे ।

देशलाई अहित हुने खालको कुनै पनि प्रस्ताव अगाडि बढेमा नेकपा एमालेले कुनै पनि हालतमा पारित हुनै नदिने उल्लेख गर्दै उनले भने यो कुरा प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले थाहा पाई राख्नु पर्छ ।

सोही अधिवेशनलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष सुनिता बरालले त्रिभूवन विश्वविद्यालयले तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समयमै हुनुपर्ने बताएकी थिइन् । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले अनेरास्ववियु म्याग्दी सामाजिक क्षेत्रमा क्रियाशिल रहेको भन्दै अनेरास्ववियुलाई जित्न अन्य सङ्गठन बाधक बन्न नसक्ने बताए ।

अधिवेशन आयोजक कमिटीका संयोजक सुवास विश्वकर्माको अध्यक्षतामा भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.