एक लाख पुरस्कार राशीको बागलुङ गोल्डकपको उपाधि बिष्णुपादुका युवा क्लबलाई

बागलुङ २०७३ माघ ८ । स्थानीय क्रियाशिल युवाहरुको साझा संस्था दलित युवा सञ्जालव्दारा बागलुङ बाङ्गेचौर खेलमैदानमा सञ्चालित बागलुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिष्णुपादुका युवा क्लब हेम्जा कास्कीले प्राप्त गरेको छ ।

फ्युचर ब्राइट स्पोर्टस् क्लब (रातो) बागलुङलाई शुक्रवार भएको फाइनलमा ३–१ गोल अन्तरले पराजीत गर्दै गोल्ड कप बिजेता कास्कीले उपाधि सँगै नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपबिजेत टीम फ्युचरले नगद ५० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा फ्युचरका हेमन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । फ्युचरकै आशिष गुरुङले उत्कृष्ट डिफेन्सको पुरस्कार पाए भने बिष्णुपादुकाका आकाश रानाभाटले उत्कृष्ट गोल रक्षकको उपाधि जिते । उत्कृष्ट प्रशिक्षक कास्कीका जगत थापा र खनियाघाट युवा क्लब पर्वतले अनुशासित टिमको पुरस्कार प्राप्त गरेका थिए ।

बिजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, आयोजक दलित युवा सञ्जालका अध्यक्ष राजकुमार बोसेल, जिल्ला फुटबल सघं बागलुङका पूर्व अध्यक्ष राम शर्मा, समाजसेवी कलाकार लक्ष्मण श्री लगायतले पुरस्कार बितरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.