आहा रारा गोल्डकपको पाँच पटकको विजेता पुलिस क्लव पराजीत !

कविता घर्तीमगर, पोखरा २०७३ माघ ८ । पोखरामा रंगशालामा जारी १५औं आहा रारा गोल्डकपमा ५ पटकको बिजेता नेपाल पुलिस क्लबलाई हराउदै सिएमजी क्लब संकटा क्वार्टरफाईलनमा प्रवेश गरेको छ । हिँजो भएको खेलमा संकटाले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाईलनमा स्थान पक्का गरेको हो ।

संकटाको लागी बिश्व अधिकारीले ६४ औं र अनिल गरुङ्गले ८७ औं मिनेटमा गोल गरेका थिए । खेलमा अग्रता भने पुलिसले खेलको ३५ औं मिनेटमा रवि पासवानको गोलबाट लिएको थियो । संकटाले अब सेमिफाईनल प्रवेशको लागी माघ ११ गते फरसह्गञ्ज क्लब बंगलादेश संग खेल्नेछ ।

शुक्रवारको खेलमा संकटाको बिश्व अधिकारी म्यान अफ द म्याच भए । शनिवार प्रतियोगिताको पहिलो क्वार्टरफाईलन आयोजक साहारा क्लब र सिक्किम फुटवल क्लव बिच पोखरा रंगशालामा हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *