सिवाईसी र नेफ्स्कून काठमाण्डौ विच अन्तरकृया !

सुमन जि.सी, बागलुङ २०७३ माघ ७ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको व्यवस्थापन टिम र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कून काठमाण्डौ विच संस्थाको सभाहल बागलुङ बजारमा शुक्रवार अत्रकृयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रिय छाता सघको रुपमा रहेको नेफ्स्कुनबाटा कार्यक्रममा कोषाध्यक्ष केशबप्रसाद पोखरेल र प्राचार्य रामबाबु आचार्य उपस्थित रहेको थियो ।
अन्तरकृयात्मक कार्यक्रममा साकोसका समस्या, चुनौती, सबलता र भावी कार्य दिशा, व्यवस्थापनको काम, कर्तव्य, जिम्मेवारी र भूमीका, सहकारीका अन्तराष्ट्रिय अभ्यासहरु, नेपालको सहकारी अभियानमा नेफ्स्कूनको भूमिका र संस्थाका कर्मचारीहरुवाट आएका जिज्ञासाहरुका विषयमा कोषाध्यक्ष पोखरेल र प्राचार्य आचार्यले जवाफ दिएका थिए ।

कार्यक्रममा नेफ्स्कुनको २५ औं वार्षिक साधारण सभावाट कोषाध्यक्ष पदमा निर्वाचीत भएकोमा पोखरेललाई बागलुङमा स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । साथै प्राचार्य आचार्यलाई बागलुङमा स्वागत समेत गरिएको थियो ।

सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत ऐक्सेस कार्यदल सदस्य सीता शर्मा र सञ्चालन एवं संस्थाको वारेमा जानकारी प्रवन्धक नवराज शर्माले गर्नुभएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *