गाउँनै विस्थापित भएर विद्यार्थी नहुँदा रसानन्द प्राविको पढाई र परीक्षा प्रभावित !
छबिलाल पाण्डे बुर्तिबाङ २०७४ भदौ ८ । निसीखोला गाउँपालिकाका पहिरो पीडितहरु राज्यले आफुहरुलाई उपेक्षा गरेको भन्दै आन्दोलित बनेका छन् । लामो समय देखि पहिरोका कारण प्रत्यक बर्ष समस्या झेल्दापनी पीडित जनताको माग सुनुवाई नभएको भन्दै उनिहरुले आक्रोश व्यक्त गरिहेका छन् । आफना समस्यालाई सरोकारवाला व्यक्ति वा निकाय समक्ष प्रस्तुत गर्न गाँउ भेला गरेर उनीहरुले विपत पीडित समिति समेत गठन गरेका छन् ।
पहिरो पीडित लालबहादुर सिँजालीको संयोजकत्वमा बनेको उक्त समितीले बिभिन्न निकायमा पुग्दै राज्यलाई आफनो मागको बारेमा ध्यानकर्षण गराउने बताएको छ । पहिरो पीडित परिवारका एक सदस्य पवनकुमार सिँजालीले आफनो नाममा रहेको जग्गा जमिन राज्यलाई दिएर बरु सुकम्वासी भएर यसैगरी जंगलमा बस्न तयार रहेको पनि पीडा सुनाए ।
अर्कोतिर पहिरोका कारण गाँउनै बिस्थापित भएर लेक तर्फ गएका निसीखोला गाउँपालिका १ हुल्दीका बासिन्दा गाँउ फर्किन सक्ने अबस्था छैन । सय भन्दा बढी बालबालिकाको पढाई अबरुद्ध भएको छ । गत साउन २० गतेको अबिरल बर्षातका कारण पाँचजनाको ज्यन जानुका साथै लाखौँको धनजनको क्षेति र गाँउनै पहिरोको उच्च जोखिममा परेपछि स्थानीय बासिन्दा २० गत ेदेखिनै पशुचौपाया सहित बन्दोबस्तीका सबै सामाग्री लिएर लेकतर्फ गएका छन्
।
हुल्दी गाउँका ८० घरदुरी बासिन्दा लेकमानै छन् । गाँउमा रहेको रसानन्द प्रावि १० दिनका लागि बिढा गरेर गत भदौ १ गतेदेखि खुलाईएपनी पहिरोले असर नपुर्याएको क्षेत्रका १०/१५ जनामात्र बिद्यार्थी बिद्यालय आउने गरेको बिद्यालयका प्रअ बालिन्द्र मल्लले बताए ।
मल्लका अनुसार सबै बिद्यार्थी बिद्यालय नआएका कारण अध्ययन अध्यापनमा समस्या भईरहेको छ । बिद्यालयमा कुल १ सय १३ जर्ना मध्ये १५ जना विद्यार्थीमात्र आउने गरेकाले प्रथम त्रैमासिक परीक्षा समेत अबरुद्ध भएको हो । स्थानीय पीडित जनताहरु गाँउ झर्न मान्दैनन् ।
अझै पनी निरन्तर बर्षात भईरहँदा निरन्तर पहिरो जाने उच्च जोखिम भएकै कारण लेक गएका कसैले पनी गाउँ झर्नै नमानेका शिक्षक मल्लको भनाई छ ।
पछिल्लो समय दुई जना अशतm महिलाहरु बिद्यालयकै एउटा कोठामा बस्ने गरेका छन् । गाँउमा मकै पाकी सकेकोछ । खेती स्याहार्न समेत जोखिम भएको पहिरो पीडित हुम बहादुर मल्लले बताए ।