बिद्युत लाईनमा हाई भोल्टेज करेन्ट प्रवाह हुँदा एक दर्जन बढी मानिस घाईते !

बागलुङ २०७३ माघ ७ । केहि दिन पहिले मात्रै कुस्मीसेरा बजारबाट रायडाँडा गाविस आफनो घर फर्किरहेकी एक युवतीलाई बिद्युत पोलमा टाँगिएको स्टे तारमा छुन पुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको समाचारको मसी सुक्न नपाउदै बागलुङ जिल्लाको रिघा गाविसमा बिद्युत लाईनबाट हाई भोल्टेज करेन्ट प्रवाह भएर घर गोठमा आगलागी हुन गै लाखौँ क्षेती भएको छ भने दर्जन भन्दा बढी व्यक्तिहरु करेन्टको झट्काले गम्भीर घाईते हुन पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार रिघा गाविस ६ चौताराका डिलबहादुर पुनको घरगोठमा हाई भोल्टेज करेन्ट प्रवाह हुँदा आगलागी भएर १५ लाख बराबरको क्षेती भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काका अनुसार स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण गरेर कार्यालय तिर फर्किरहेको प्रहरी टोलीले सोही गाविसको खेराँदी भन्ने स्थानमा विद्युत लाईनमा हाई भोल्टेज आई मिटर बक्स र चार्जर बन्द गर्न जाँदा १४ जना सेवाग्राहीहरु बिद्युत करेन्टको झट्काले घाईते भएको जानकारी पाएपछी उनिहरुलाई प्रहरीले हरिचौर स्वास्थ्य केन्द्रमा लगेर उपचार पश्चात घाईतेहरु घर फर्केका थिए ।

विद्युत प्राधिकरणले हाई भोल्टेज करेन्ट प्रवाह नियन्त्रण गर्न तत्कालै कुनै कदम नचालेमा सेवाग्राहीको ज्यान जानसक्ने खतरा बढेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *