सुरक्षामा खलल पु-याउने क्रियाकलाप नियन्त्रण गर्ने नवागत एसपी खापुङको प्रतिवद्धता !

कोपिला कंडेल, बागलुङ २०७३ माघ ७ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कु्वेर खापुङ्गले कानुनको परिधी भित्र रहेर शान्ति सुरक्षा कायम गर्ने बताएका छन् ।

भरखर काज सरुवा भएर बागलुङ आएका प्रउ खापुङ्गले शुक्रवार पत्रकार भेटघाटको आयोजना गरी जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सबै संग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताए । तत्कालका लागि आफुले कुनै नयां योजना नबनाएको भन्दै उनले स्थानिय आवश्यकता अनुसार प्रहरी गतिबिधी संचालन गर्ने बताए । उनले लागु औषध, जुवातास, जाडरक्सी, लगायतका शान्ति सुरक्षामा खलल पुर्याउने क्रियाकलापलाई नियन्त्रण र कारबाही गर्ने स्पष्ट पारे ।

उनले अदालतको फैसलाव्दारा दोषी ठहराईएका, फरार अभियुक्तलाई पत्ता लगाई कानुन बमोजिम कारबाही गर्ने, पुराना मुद्दालाई निरन्तरता दिने, ट्राफिक ब्यवस्थापन लगायतका कार्यका लागि स्थानिय सरोकारवाला संग छलफल र सहमति गरेर अगाडी बढ्ने धारणा समेत ब्यक्त गरे ।

रुपा गौतम हत्या काण्डका बारेमा पत्रकारले राखेको विज्ञासामा प्रहरी प्रमुख खापुङ्गले सिआईबीले अनुसन्धान गरिरहेको र यसमा जिल्ला प्रहरी कार्यालयले समन्वय गरिे खोजबिनका लागि अनुसन्धान जारी राख्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.