संबिधानको मुल्य मान्यता विपरीत संशोधन प्रक्रिया अगाडी बढाईनु गलत: गुरुङ

कोपिला कंडेल, बागलुङ २०७३ माघ ७ । नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङ्गले सरकारले अगाडी ल्याएको संबिधान संशोधन विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । एमाले जिल्ला कमिटि बागलुङको पहिलो बैठकको आज उदुघाटन गर्दैै उनले संबिधानको सर्वोच्चतालाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए । संबिधानको मुल्यमान्यता विपरीत पटक पटक संशोधन प्रक्रिया अगाडी बढाईनु गलत हुने भन्दै एमाले नेता गुरुङ्गले संबिधान कार्यान्वयनमा ढिलाई भए मुलुकमा संकट उत्पन्न हुने दाबी गरे ।

९२ प्रतिशतले पारित गरेको संबिधान ८ प्रतिशतको माग अनुसार संशोधन हुन सक्दैन, नेता गुरुङ्गले भने अब सरकारको पहिलो प्राथमिकता स्थानिय निकायको निर्वाचन तर्फ हृुनुपर्दछ । ३ वटै निकायको निर्वाचन पश्चात २ तिहाई बहुमतले मात्र संबिधान संशोधन गर्न सकिने उनको जिकिर थियो । गुरुङ्गले दलहरु बिच नयां सहमति कायम गरेर मात्र संबिधान संशोधन बारे छलफल शुरु हुन सक्ने धारणा ब्यक्त गरेका थिए ।

बैठक एमाले जिल्ला कमिटि बागलुङका अध्यक्ष ईन्द्रलाल साप्कोटाको अध्यक्षता, उपाध्यक्ष कृष्ण पाठकको स्वागत मन्तब्य र सचिव लाल बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *