कम्युनिष्टमा राष्ट्रियता हुदैन, एमाले अहिले राष्ट्रप्रति गैह्र जिम्मेवार बनेको छ-पराजुली

नारायण रिजाल, बागलुङ २०७३ माघ ७ । नेपाली काँग्रेसका पुर्व मुख्य सचेतक शोभाखर पराजुलीले नेपालका कम्युनिष्टहरुमा राष्ट्रबाद नभएको बताएका छन । नेपाली काँग्रेस क्षेत्र नं. २ बागलुङ ईलाका स्तरीय समन्वय समितिले आज जिल्लाको नारायणस्थानमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पराजुलीले कम्युनिष्टहरुले जति सुकै राष्ट्रबादको नारा लगाएर हिडेपनि उनिहरुमा कुनै राष्ट्रियता झल्कन नसकेको बताए ।

नेपाली काँग्रेसका पुर्व मुख्य सचिव समेत रहेका पराजुलीले अहिले देशमा एमालेले हिजो आफुले गरेको निर्णयलाई आफै गरेको छैन भन्दै ठुलो राष्ट्रघात गरेको भन्दै एमाले अहिले राष्ट्रप्रति गैर जिम्मेवारी भएको आरोप लगाए । उनले कार्यकर्तालाई नेपाली काँग्रेसको आदर्श भनेको राष्ट्रबाद र निति भनेको समाजबाद हुनाले राष्ट्र र राष्ट्रियता जोगाउन सधै लाग्नुपर्ने बताए । पराजुलीले काँग्रेस मुलुकको पहिलो पार्टी भएको कारण यसलाई बलियो र मजबुद बनाउनुका लागि अझ कार्यकर्ताहरु उत्साहित भएर लाग्न आग्रह गरे ।

ईलाका नं. ६ अन्र्तगत नारायणस्थान, पैयुँपाटा, र अमलाचौर गाविसका कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पुर्व कार्यबाहक सभापति एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, नेपाल विद्यार्थी संघ बागलुङका पुर्व सभापति टिका पौडेल, महासमिति सदस्य कल्पना हमाल पाठक, नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री तथा महाधिवेशन प्रतिनिधि हरिहर शर्मा, जिल्ला सदस्य सिताराम रसाईली, डिलप्रसाद शर्मा, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. २ का सहसचिव गोविन्द पौडेल, कार्यकर्ताहरु एकनाथ शर्मा, राधिका कुँवर, डिलाराम वि.क. लोकराज शर्मा, देवेन्द्र पौडेल, रिता शर्मा, दिर्घनारायण श्रेष्ठ लगायतले पर्टिको भावि रणनितिको बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रम ईलाका नं. ६ का संयोजक तथा क्षेत्रीय सदस्य नारायण प्रसाद श्रेष्ठको अध्यक्षता, नारायणस्थानका पाटी सभापति चक्र बहादुर खत्रीको स्वागत र काँग्रे पैयुँपाटाका सभापति चन्द्र बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.