Sorry, that menu does not exist.
 

सहकारीले आफ्नो वास्ताविक वर्गलाई समेट्न सकेन- कोषाध्यक्ष पोखरेल

सुमन जि.सी, बागलुङ, २०७३ माघ ७ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनको प्राविधिक सहयोगमा जिल्लामा क्रियाशिल सहकारी संस्थाहरुका सञ्चालक समितीका पदाधिकारीहरुलाई संस्था सञ्चालन तथा व्यवस्थापन गर्न कुशल नेतृत्व प्रदान गर्ने उद्देश्यका साथ बागलुङ बजारमा सञ्चालीत ३ दिने सहकारी व्यवस्थापन तथा नेतृत्व विकास तालिम शुक्रवार सम्पन्न भएको छ ।

मिति २०७३ माघ ५ गतेदेखि सञ्चालीत तालिम कार्यक्रमको समापन सत्रमा वोल्दै प्रमुख अतीथि नेफ्स्कूनका कोषाध्यक्ष केशवप्रसाद पोखरेलले बचत भनेको अभ्यासवाट प्राप्त हुने चीज भएको बताउदै सदस्यहरुको जीवनस्तर बृद्धि, आर्थिक समुन्नती र समृद्धिका लागि बचतको आवश्यकता पर्ने र त्यसका लागि सहकारी संस्थाहरुले नियमित रुपमा बचत गर्ने बानीको विकास सदस्यहरुलाई गराउनुपर्ने धारण राखेका थिए ।

आम जनमानसले सहकारीलाई सहि ढंगले बुझ्न नसक्दा सहकारीमा विकृती, विसङ्गती, अन्याय र भेदभावको स्थिती रहेको तथा सहकारीले आफ्नो वास्ताविक वर्गलाई समेट्न नसकेको हालको स्थिती रहेको पोखरेलले भनाई थियो । तालिम समापन कार्यक्रममा सहकारीकर्मी देववहादुर श्रेष्ठ, सहभागिहरुको तर्फवाट जिल्ला सहकारी संघका सञ्चालक तेजेन्द्र थापा, नमुना महिला साकोस बुर्तिवाङका लिलमाया पुन लगाएतले बोल्नु भएको थियो ।

बागलुङ, म्याग्दी र कास्की जिल्लाका ४० जनाको सहभागिता रहेको तालिम कार्यक्रममा सहकारीको परिचय, साकोस सञ्चालन प्रकृया, पल्र्स अनुगमन प्रणालीको परिचय, रणनैतीक व्यवसायीक योजनाको परिचय, साकोसमा वस्तु विधिकरण र ऋण लगानी असुली, समिति तथा पदाधिकारीहरुको भूमिका, व्यवस्थापकको कार्य जिम्मेवारी लगाएतका विषयमा नेफ्स्कूनका प्रचार्य रामवावु आचार्यले सहजिकरण गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता र एकता सहकारी संस्था लि. बागलुङका उपाध्यक्ष सीता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply