जीर्ण काठेपुल भाँचिएपछी’नि बालबालिका विद्यालय जान अर्को जोखिम मोल्न बाध्य

सुमन सुनार, बुर्तिवाङ २०७४ भदौ ५ । ढोरपाटन नगरपालिका वडा नं. ४ लुकुरवनको सोँता र लाम्पाटा जोड्ने लुकुरवन खोलाको काठेपुल भाँचिएर आधारभूत विद्यालयमा पढन जाने बालबालिका लगायत स्थानीयलाई वारपार गर्न समस्या परेपछी कति जीर्ण पुलबाट बालबालिकाहरु ज्यान कै बाजी लगाएर पढ्न जाने आउने गर्दा रहेछन भन्ने कहाली लाग्दो बास्तविकता बाहिर आएको छ ।

साविक खुंगा गाँउविकास समिति वडा नं. ७ लाम्पाटा भन्ने स्थानमा लुकुरवन खेलामा निर्माण गरिएको उक्त काठेपुल गत शुक्रबार राती भाँचिएको हो । पुल भाँचिएपछि लाम्पाटा, राईजुङबाट हिमालय आधारभुत विद्यालयमा पढन जाने बालबालिकालाई समस्या भएको छ भने सोँता देखि लाम्पाटा, राईजुङ र लाम्पाटा, राईजुङ देखि सोंता आवत जावत गर्ने करिव २० घरधुरी स्थानिय प्रत्यक्ष प्रभावित बनेको हिमालय आधारभुत विद्यालयकी शिक्षिका टेकसरा कार्की अग्रेजाले बताईन् ।

जोखिमपूर्ण काठेपुल भाँचिएपछी बालबालिकाले पढ्न जान अर्को जोखिम मोल्न बाध्य भएका छन् । वारीपारी गर्न १० मिनेट पनि नलाग्ने उनिहरुलाई काठेपुल भाचिँदा करिव १ घण्टाको बाटो हिडेर लकुरबनको नुलेखेत घाटमा रहेको यस्तै जीर्ण अवस्थाको झोलुङगे पुलको प्रयोग गरी आवत जावत गर्नु पर्ने भएको छ ।

नुलेखेत घाटमा रहेको उक्त झोलुङपुल पनि निकै जीर्ण अवस्थामा रहेको छ । जीर्ण अवस्थामा रहेको झोलुंगे पुलको प्रयोग गर्नु पर्दा विशेष गरि लाम्पाटा, राईजुङबाट विद्यालयमा पढ्न आउने स–साना बालबालिकालाई समस्या हुने गरेको छ ।

एकातिर स्थानियलाई वारीपारी गर्न १ घण्टाको बाटो हिड्नु पर्ने अवस्था छ भने अर्कातिर जीर्ण अवस्थामा रहेको झोलुंगे पुल प्रयोग गर्नुपर्दा स्थानिय जोखिम पुर्ण रुपमा आवत जावत गर्न बाध्य छन् ।

विशेष गरि त्यस स्थानमा लाम्पाटा र राईजुङमा बसोबास गर्ने स्थानियको खेतबारी सोँतामा छ भने सोँतामा बसोबास गर्नेहरुको लाम्पाटा, राईजुङमा खेतबारी रहेका कारण उनिहरुलाई वारी पारि गर्न निकै सास्ती हुने गरेको छ ।

उक्त घाटमा स्थानियले पुनः काठेपुलको निमार्ण गर्ने प्रयास गरेका थिए तर लुकुरबन खोलाको बहाव बढेकाले सफल नभएको स्थानियले बताएका छन । खोलाको बहाव नघट्दा सम्म तत्काल काठेपुल निर्माण गर्न सकिने अवस्था नरहेको स्थानिय गौरी प्रसाद अर्गेजाले बताए । त्यस घाटमा स्थानीय हिसावले काठेपुल नभै स्थायीरुमा पक्की झोलुंगे पुलको निर्माण गर्न स्थानीयले माग गर्ने बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.