सुमन जी.सी. बागलुुङ २०७४ भदौ ३ । “सिवाईसी साकासको दायीत्व, सचेत समृद्ध सदस्य र सक्षम नेतृत्व” भन्ने मुल नाराका साथ सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले शनिवार एकैदिन, एकै सयममा ६ वटा क्षेत्रीय वार्षिक साधारण सभाहरु सम्पन्न गरको छ ।
संस्थाले सदस्य सेवा केन्द्रहरु तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ, कुश्मिसेरा र बाटाकाचौरमा आज ८ औं क्षत्रीय वार्षिक साधारण सभा सम्पन्न गरेको होे । क्षत्रीय साधारण सभाहरुमा संस्थाले आ.व. ०७३।०७४ मा सम्पन्न गरेका कार्यहरुको समिक्षा तथा आगामि आ.व. ०७४/०७५ मा सम्पन्न गर्ने नीति तथा कार्यक्रमहरु सदस्यहरुसंग व्यापक छलफल गरी सर्वसम्मतीबाट पारीत गरेको छ ।
संस्थाको कुल सम्पत्ती, शेयर पुँजी र शेयर सदस्यको संख्यात्मक बृद्धिकंो अनुपातमा बचत रकम न्यून भएकाले यस आर्थिक वर्षलाई बचत बृद्धि वर्षको रुपमा अभियान सञ्चालन गरी संस्थाको बचत रकममा उल्लेखनीय बृद्धि गर्ने नीती तथा कार्यक्रमलाई प्राथामिकतामा राखि क्षेत्रीय साधारण सभावाट पारित गरेको छ ।
साधारण सभाले आगामी आर्थिक वर्षमा सदस्यहरुको सन्तुष्टिका क्षेत्रमा विशेष कार्यक्रमहरु एस.एम.एस., एवि.वि.एस, मोवाईल बैकिङ सेवा, सदस्यहरुको विद्युत विल÷महशुल भुक्तानी सेवा, सदस्य सेवाकेन्द्रहरु मार्फत ३६५ दिन काउण्टर र सन्ध्याकालिन सेवा, ल्याण्ड लाईन फोन शुल्क भुक्तानी सेवा, ए.डि.एस.एल. विल भुक्तानी सेवा, मोवाईल रिचार्ज, डिस होम रिचार्ज, रेमीट्यान्स सेवा लगाएतका कार्यहरु गर्ने गरी कार्यक्रम पारित गरेको छ ।
त्यस्तै क्षेत्रीय साधारण सभाहरुमा यस आ.व.मा सदस्य सेवाकेन्द्रहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन, सहकारी संस्था एकीकरण, सदस्यता बृद्धि, शेयर पुँजी वृद्धि, संगठन तथा संस्थागत विकास, भौतीक पूर्वधार विकास तथा जनशक्ति व्यवस्थापन योजना, दिवस तथा अभियानहरु सञ्चालन, दोश्रो त्रिवर्षीय व्यवसायिक रणनैतिक योजना कार्यान्वयन, युवा लक्षित कार्यक्रम, मुस्कान सहितको सेवा, भाखा नाघ्ने ऋण “शुन्य” वनाउने अभियान, खान पुगोस, लाउन पुगोस कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, सदस्य सर्वेक्षण, मातृ संस्थासंगको सम्वन्ध र सहकार्य, विमा, डिस्काउन्ट कार्ड, घरायसी खाजा प्रोत्साहन कार्यक्रम, संस्थागत लगानीमा अभिबृद्धि, सहकार्य तथा साझेदारी कार्यक्रम, संरक्षित पँुजी कोषबाट थप सुविधा प्रदान, नमुना टोल निर्माण, नयाँ बुहारी स्वागत पश्चात बुहारी क्लवको गठन लगाएतका कार्यक्रमहरु सञ्चालन गर्ने गरी प्रस्तावित नीति, कार्यक्रम तथा बजेट प्रस्तुर र पारीत भएको छ ।
क्षेत्रीय साधारण सभाका क्रममा सदस्य सेवाकेन्द्र कुश्मिसेरामा जैमीनी नगरापलीकाका मेयर तथा सिवाईसी साकोसका शेयर सदस्य ईन्द्रराज पौडेल, सदस्य सेवाकेन्द्र हटियामा गल्कोट नगरपालीकाका मेयर भरत गैरे, सदस्य सेवाकेन्द्र विहुँमा वरिष्ठ अधिवक्ता संस्था सल्लाहाकार पद्मनाथ शर्मा पौडेल, सदस्य सेवाकेन्द्र तित्याङमा सल्लाहाकार देववहादुर श्रेष्ठ, सदस्य सेवाकेन्द्र बाटाकाचौरमा संस्थाका कोषाध्यक्ष विमला गुरुङ र सदस्य सेवाकेन्द्र बुर्तिवाङमा सञ्चालक सदस्य मेषलाल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रमहरु सम्पन्न भएका थियो । साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतीथीहरुले सिवाईसी साकोसले छोटो समयमा गरेका प्रगती र सहकारी मार्फत संस्थाले सदस्य र जिल्लाको समृद्धिको लागि सञ्चालन गरेको अभियानहरुको प्रशंसा गर्दै सम्पूर्ण वित्तीय तथा गैर वित्तीय समाधान सहितको संस्था निर्माणका लागि संस्थालाई शुभकामना व्यक्त गरेका थिए ।
संस्थाले साधारण सभा व्यवस्थीत पार्नका लागि केन्द्रीय सञ्चालक समितिबाट प्रत्येक क्षेत्रीय साधारण सभाका लागि प्रतिनीधि तोकेको थियो । जसमा सदस्य सेवाकेन्दं्र कुश्मिसेराका लागि केन्द्रीय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सञ्चालक सदस्य शिलशीला के.सी. र लेखा तथा सुपरीवेक्षण समिति सदस्य संगिता शर्मा पौडेल, सदस्य सेवाकेन्द्र तित्याङका लागि सल्लाहाकार देववहादुर श्रेष्ठ, बद्रीप्रसाद पौडेल, सहसचीव वेदप्रसाद शर्मा र ऐक्सेस कार्यदल सदस्य सीता शर्मा, सदस्य सेवाकेन्द्र विहुँका लागि सल्लाहाकार पद्मनाथ शर्मा पौडेल, सञ्चालक सदस्य तारा वहादुर विश्वकर्मा र सीतादेवी सापकोटा कँडेल, सदस्य सेवाकेन्द्र हटियाका लागि सल्लाहाकार सकुन्तला शर्मा, सञ्चालक सदस्य नारायण शर्मा र हर्क पाण्डे, सदस्य सेवाकेन्द्र बुर्तिवाङका लागि सञ्चालक मेषलाल शर्मा, र सदस्य सेवाकेन्द्र वाटाकाचौरका लागि कोषाध्यक्ष विमला गुरुङलाई प्रतीनिधीको रुपमा तोकेको थियो ।
सदस्य सेवाकेन्द्र कुश्मिसेराको साधारण सभालाई सम्वोधन गर्दै संस्थाका केन्द्रीय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीमा नेतृत्वको प्रश्न यदाकदा उठ्ने गरेता पनी आज एकै दिनमा भव्य रुपमा सम्पन्न क्षेत्रीय वार्षिक साधारण सभाले सिवाईसीमा नेतृत्व गर्न सक्ने व्यक्तिहरु धैरै नै भएको कुरा पुष्टि भएको बताए । संस्थाद्धारा प्रस्तावित र पारित नीति तथा कार्यक्रमहरुले यस आ.व.मा संस्थालाई अन्तराष्ट्रि«य स्तरको ऐक्सेस ब्राण्ड प्राप्त गर्न र संयूक्त राष्ट्र संघले लिएको दिगो विकास लक्ष्य प्राप्तीका लागि सघाउ पु-याउने धारण राखेका थिए । पौडेलले प्रस्तावित नीति तथा कार्यक्रमहरुलाई सबै शेयर सदस्य र सेवाकेन्द्रहरुले गरिमाको रुपमा लिई कार्य सञ्चालन गर्ने विश्वास लिदै सिवाईसी गरिवी विरुद्धको औषधि हुने कुरामा जोड दिदै साधारण सभा सफल पार्न खट्न र जुट्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
विभिन्न ६ स्थानमा सञ्चालीत क्षेत्रीय साधारण सभाहरुमा २९७३ जना शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता सदस्य सेवाकेन्द्र संयोजकहरु क्रमश कुमार प्रसाद उपाध्याय, चुडामणी कँडेल, रामवहादुर खत्री, गण्डकी थापा अधिकारी, कृष्णप्रसाद रिजाल र मदनवहादुर कार्कीले गरेका थिए ।
आज सम्पन्न क्षेत्रीय साधारण सभाले थप केन्द्रीय प्रतीनिधिहरुको छनौट गरेको छ । छनौट भएका प्रतीनिधिहरुले मिति २०७४ भाद्र १७ गते बागलुङ बजारमा सञ्चालन हुने केन्द्रीय साधारण सभामा भाग लिने छन् । संस्थाले आजकै दिन १५० जना नयाँ शेयर सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
प्रदेश नं. ४ को उत्कृष्ठ संस्थाको रुपमा आफुलाई स्थापीत गर्न सफल संस्थाको जिल्ला भर कार्यक्षेत्र रहेको छ । संस्थाले १ वटा केन्द्रिय कार्यालय र ६ वटा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना ५ हजार १ सय ४१ सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा सञ्चालन गरिरहेको छ । संस्थामा हाल शेयर पुँजी १५ करोड, संस्थागत कोष ४ करोड, बचत ३१ करोड, लगानीमा रहिरहेको ऋण ४९ करोड र ६१ करोड बराबरको कुल सम्पती रहेको छ ।