चुरा पोतेको निशानमा बाण हान्ने ताराखोले मगर समुदायको पुरानो प्रचलन !

खगेन्द्र विश्वकर्मा, गल्कोट २०७३ माघ ७ । गल्कोटको उत्तरी भेगका तारा, हिल, अर्गल, अमरभूमि भुस्कात आदि गाविसमा बसोवास गर्ने मगर समुदायमा माघी पर्वका अवसरमा धनुषबाणले पोते र चुराले बनाएको निशानामा हान्ने प्रचलन रहि आएको छ । कतैकतै यसलाई पोते हान्ने वा तारो हान्ने पनि भनिन्छ ।

गतवर्षहरुमा जस्तै यस वर्ष पनि स्थानीय मगर समाजमा माघ १ देखी श्रीपन्चमी सम्मको समयमा एक दिन पोते हान्ने चलन यो वर्षपनी विभिन्न ठाँउमा आआफना हिसावले मनाउदै आएको छन् ।

माघ महिनामा मनाईने यो पर्वलाई विशेष गरी माघ १ गते र ५ गते त्यसैगरी श्री पन्चमीको दिन मगर समुदायले परम्परादेखीनै आफ्नो संस्कृतिको रुपमा धनुषवाण खेल खेल्दै आएको असारे युवा क्लबका उपाध्यक्ष नारायण घर्तीले इ-बागलुङलाई बताए।

मगर समुदायमा प्रत्येक माघी पर्वको अवसरमा माघ ५ गते पोते र चुरालाई फल्याकमा राखेर बाणले निशाना हान्ने गर्दछन् । मगर समुदायका अविबाहित युवातीहरुले विहान बनभोज खाई विभिन्न खाजा बनाएर लैजाने र पुरुषहरुले काठमा पोते चुराको निशान बनाई वाण हान्ने गर्दछन् ।

साँझको समयमा वाण हान्ने ठाँउमा अविवाहित तथा तरुनीहरुले चुरा र पोते राखीदिने र धनुषवाण खेलाडीले फल्याकमा राखेको चुरा पोतेलाई वाणले हान्ने गर्दछन् । वाणले पोते वा चुरा भित्र लागेमा वा पोते चुरा फुटेमा तरुनीहरुले खेलाडीलाई विजेताको रुपमा फुलमाला लागाईदिने गर्दछन् ।

गल्कोटका मगर समुदाय भएका मुख्य स्थल तारा , अर्गल , अमरभूमी, हिल लागयतका विभिन्न ठाँउमा यो चलन मगर समुदायले बसोबास गर्न थालेदेखीका रहको मारुनी नाच समुहका जंक बहादुर रोकाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *