सीमानाका बाँध भत्काउन भारतसंग आँखा जुधाएर कुरा राख्न सक्नुपर्छ : गगन थापा

किरण आचार्य, बागलुङ २०७४ भदौ १ । नेपाली काग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले बागलुङ जिल्ला धार्मिक, पर्यटकीय एबं संस्कृतिको प्रचुर सम्भावना रहेको भन्दै तीज पर्वलाई महिला सशक्तिकरणको पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् ।
युवा नेता थापाले बागलुङ उद्योग बाणिज्य सघं अन्र्तगत महिला उद्यम बिकास समितिले आयोजना गरेको तीन दिवसीय तीजी महोत्सवको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

हामीले नदी र चुरेसग गरेको व्यवहार कै कारणले दुख पाइरहेको उल्लेख गर्दै नेता थापाले छिमेकी भारतले हाम्रो सीमानामा बनाएको बाँधले गर्दा तराई डुबानमा परेको बताए । उनले भने, हामी राष्ट्रियताको सवालमा एक भएर संसद बाटै सीमानामा बनाइएको बाँध भत्काउन भारतसंग आँखा जुधाएर कुरा राख्न सक्नुपर्छ होईन भने प्रत्येक बर्ष नेपालको भूभाग डुबानमा पर्नेछ ।

सम्मृद्ध मुलुक निर्माणका लागि युवाहरुको विदेश पलायन रोक्नुपर्ने बताउदै उनले युवाशक्ति विदेश पलायन हुदा मुलुकमा बिकास र सम्मृद्धिले गति लिन नसकेको दावी गरे । विदेश पलायन रोक्नका लागि राज्यले बिशेष योजना बनाउनुपर्ने भन्दै थापाले युवाहरु बिदेशिनु रहर नभै बाध्यता भएको पनि स्वीकार गरे । बिदेश जाने युवालाई रोक्न भाषण र नाराले नहुने भन्दै उनले नेपालमा भएको युवा जनशक्तिलाई देश भित्रै काम गर्ने अबसर सृजना गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगाना, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठ, राजनीतिक दलका तर्फबाट मञ्जु क्षेत्री, नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्मा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष कुशुम बुढा मगर, ब्म्हाकुमारी राजयोगिनी साबित्री दिदी, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल श्रीष लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

महिला उद्यमी विकास समितिका अध्यक्ष भगतवी केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

तीज महोत्सवको उद्घाटन पुर्व महिलाहरुले बिभिन्न संस्कृति भेषभुषा सहितको झाकी एबं र्याली समेत पर्दशन गरेका थिए । र्याली पर्दशनमा सहभागी नेवा. मिसा दबु प्रथम, ओमशान्ति ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय व्दीतिय र देउराली आमा समुह तृतिय भएका छन भने र्याली सहभागि सबैलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम सचिव अम्बिका बस्नेतको सञ्चालन र उपाध्यक्ष उषा पौडेलको समापनमा सम्पन्न भएको थियो ।

भदौ ३ गते सम्म सन्चालन गरिने महोत्सबमा २० वटा ब्यापारीक स्टल रहने र महोत्सबमा १४ लाख खर्च हुने आयोजकले जनाएको छ । तीज महोत्सव अवलोकलको लागि झण्डै एक लाख आन्तरिक पर्यटक भित्राउन लक्ष्य रहेको आयोजकले जानकारी दिए । तीजको संस्कृतिलाई जोगाउदै नेपाली मौलिक लोकगीत तीजको गीतलाई विशेष प्राथमिकता दिने अध्यक्ष भगवती केसीले बताइन ।

महोत्सबलाई थप आर्कषित गर्न खुला नृत्य प्रतियोगिता,वक्तृत्वकला प्रतियोगिता र राष्ट्रिय कलाकारको प्रस्तुती रहने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply